जसपाका संघीय परिषद्को अध्यक्ष डा.बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि।

काठमाडौँ:= जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् ।