मुखमा मास्क नलगाएको,सिएमसिओ उलंघन गरेको आरोपमा मलेसियामा एक युवालाई १४ दिन जेल।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा एक म्यानमार नागरिकलाई सिएमसिओ उलंघन गरेको आरोपमा अदालतद्वारा जेल सजाय तोकिएको छ।

सेतापाक पेट्रोल स्टेसनमा अक्टोबर ६ तारिखको दिउँसो १२:०० बजे तिर म्यानमारको नागरिक २१ वर्षीय कि राउंग दो राउंग नामक युवकलाई मुखमा मास्क नलगाएको आरोपमा स्थानीय प्रहरीले पक्राउ गरेको थियो।

सशर्त आन्दोलन नियन्त्रण आदेश (सीएमसीओ) को अवधिमा पेट्रोल स्टेसनमा अनुहारमा मास्क नलगाएको आरोपमा पक्राउ परेका ति म्यानमारको युवालाई हिजो बुधबार यहाँ मजिस्ट्रेटको अदालतले १४ दिनको जेल सजाय तोकेको हो।

अदालतमा मजिस्ट्रेट एस.मागेश्वरिका अगाडि ति युवाले आफ्नो गल्ती स्विकार्दै माफी मागेका थिए र भनेका थिए कि म संग जरिवाना तिर्ने पैसा समेत छैन भनेर। युवाले आफ्नो गल्ती स्वीकार गरिसकेकोले अदालतले पक्राउ परेको मिति ६ अक्टोबरदेखी लागु हुनेगरी उक्त सजाय सुनाएको थियो। जेल सजाय भोगेर म्यानमार युवा रिहा भएतापनी उनी अहिले बेरोजगार भएको स्थानीय सञ्चार माध्यमहरुमा समाचार प्रकाशित छ।-News Source : Bernama