कलाकारद्वय राज कुश्मी र अन्जु कुश्मीको नयाँ बृत्तचित्र ‘दश्या’को भिडियो सार्वजनिक।

कैलाली:= थारु समुदायको बहुचर्चित कलाकारद्धय राज कुश्मी र अन्जु कुश्मीको दश्या नामक बृत्तचित्र युट्युबमा सार्वजनिक भएको छ।

कलाकार कुश्मीले कात्तिक ३ गते सोमबार आर प्रोडक्सन ( R production ) नामक युट्युब च्यानल मार्फत थारु दशिया (दशैं) को झलक सहितको बृतचित्र भिडियो सार्वजनिक गरेका हुन।

अन्जु कुश्मी र राज कुश्मी, सत्य नारायण फत्तेरा चौधरी, सुनिता,अर्जुन, रिता थारु लगायतको दर्जनबढी थारु कलाकारहरुको नृत्य प्रस्तुत गरिएको वृत्तचित्रले थारु दशियाको झलक समेटिएको निर्माण पक्षले दाबी गरेको छ।
भिडियो भित्र थारु दशियाको सांस्कृतिक पक्षका बारेमा संस्कृतिविद तथा पुर्वमन्त्री समेत रहेका डा. गोपाल दहितको छोटोमिठो धारणा सुन्न सकिन्छ।

वारावर्दिया नगरपालिका वर्दियाको आर्थिक सहयोगमा निर्माण गरिएको बृत्तचित्र करिब २० मिनेटको छ । दोसहरण चौधरीको कथा रहेको बृत्तचित्रमा सत्तेनारायण फत्तेरा चौधरीले पनि सहायक निर्माताको भूमिका निर्वाह गरेको छ।

बृत्तचित्र हेर्न तलको दश्या नामको लिङ्कमा क्लिक गर्नुहोस्:

दश्या