विमान थपेर नेपाल एयरलाइन्सलाई नाफामा लैजाने नवनियुक्त महाप्रबन्धक डिमप्रसादको उदघोष।

काठमाडौं := नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार आफ्नो पदभार ग्रहण गरेका छन् । उनलाई सरकारले गत बिहीबार ४ वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो। असारमा निगम सञ्चा लक बोर्ड सदस्य भएका पौडेलेलाई सरकारले निगम महाप्रबन्धकमा नियुक्ति गरेको हो।

को’रोना महामारीको अवस्थामा पनिनिगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएको र अबपनि पारस्परिक सल्लाह र समझदारीको आधारमा सबैसँग मिलेर अगाडि बढ्ने पौडेललेको भनाइ छ। नवनियुक्त महाप्रबन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भएपनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरेका थिए।

उनले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरेका थिए। ४ वर्षका लागि नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त भएका डिम प्रसाद पौडेल (प्रकाश)ले सोमबार पदभार ग्रहण गरेका छन् ।