क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा बढ्दै गैईरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यहीँ अक्टोबर १४ तारिख , बुधबार राती १२:०० बजेदेखी पुनः कन्डिसनल आवागमन नियन्त्रण आदेश ( सिएमसिओ ) लागू गरिईनेभएको छ।
मलेसियाको वरिष्ठ रक्षामन्त्री दातुक श्री इस्माईल साबरी याकोबले आज आयोजित एक पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन। यो खबर स्थानीय पत्रीका द-स्टारमा प्रकाशित छ्।
रक्षामन्त्री साबरीले भने कि,एमसिओ सेलाङ्गर,केयल,पुत्राजायामा लागू गरिनेछन्। यी क्षेत्रहरुमा एमसिओ लागू गर्नुको कारण चाहिँ कोरोना संक्रमितको संख्या उच्च रहेको छ । त्यसैले यहीँ अक्टोबर १४ तारिखदेखी २७ तारिखसम्म सिएमसिओ लागू गर्ने निर्णय सरकारले गरेको रक्षामन्त्री याकोबले भने। उनले थप बोल्दै भने कि “संक्रमणको थप प्रसारणलाई रोक्न राष्ट्रिय सुरक्षा परिषद्ले पनि सेलाङ्गर, क्वालालम्पुर र पुत्राजायामा ससर्त सिएमसीओ लगाउन राजी भएको छ।
रक्षामन्त्री साबरीले भने कि , यस् सर्तमा सिएमसीओ अन्तर्गत एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न निषेध गरिएको छ, भने र कामदारहरुको हकमा भने आफू काम गर्ने कार्यालय अथवा रोजगार कम्पनीको चिट्ठी साथमा राख्नु पर्ने र आवश्यक परेको ठाउँमा देखाउनुपर्ने र एक घरबाट केवल दुई व्यक्ति मात्रै खाना र अन्य आवश्यक सामाग्रीहरू किन्न बाहिर निस्किन अनुमति दिइनेछ।
साथै यस अवधि भरिमा विद्यालयहरू , सार्वजनिक स्थल , मनोरञ्जनात्मक भिडभाडका कार्यक्रमहरु र मनोरन्जन क्षेत्रहरू जनताको लागी खुल्नेछैन् । “यद्यपि प्रभावित क्षेत्रका आर्थिक गतिविधिहरूलाई सामान्य रूपमा संचालन गर्न दिइनेछ।
रक्षामन्त्री साबरीका अनुसार , ” सिएमसिओ बारे थप आवश्यक नियम कानुन ( SOP ) हरु राष्ट्रिय सुरक्षा परिषदले केहिदिन भित्रै जारी गर्नेछ्न।” उनले भने।




















