जनउद्धार केन्द्र मलेसियाको केन्द्रिय सल्लाहकारमा दिनेश खड्का’खप्तडी’ मनोनीत।

क्वालालम्पुर (मलेसिया) := सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका समाजसेवि दिनेश खड्का’खप्तडी’ लाई जनउद्धार केन्द्र मलेसियाले केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ ।

सुदुरपश्चिम प्रदेश अछाम जिल्लामा जन्मिनु भएका खड्का रोजगारको सिलसिलामा मलेसिया श्रमिकको रुपमा काम गर्दै पत्रकारिता सँग-सँगै सामाजिक कार्यमा निरन्तर रुपमा लागि रहनु भएको छ । सुदूरपश्चिमेली नेपाली समाज,हेल्प अछाम लगायत संघ-संस्था हरुमा आब्द रहेर सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएका छन् ।

जनउद्वार केन्द्र मलेसियाले आईतबार एक भेलाको आयोजना गरि केन्द्रिय सल्लाहकारमा खड्कालाई मनोनित गरिएको केन्द्रिय महासचिव शंकर देव आर्चायले जानकारी दिनुभयो ।मलेसियामा नेपालीको प्रतिनिधित्व गर्दै नम्बर एकमा दर्ता भएको जनउद्वार केन्द्र नेपाली श्रमिक हरुको हक अधिकारको लागि अहोरात्र लागि परेको छ ।

२०१७ मा स्थापित यो समाजले विभिन्न कारणले गर्दा समस्यामा परेका २७० जना भन्दा धेरै नेपालीको उद्धार गरि सकुशल स्वदेश पठाउन सफल भएको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले बताए । संस्थापक अध्यक्ष समेत रहेका थापा विभिन्न घरफिर्ती केन्द्र तथा जेलहरुमा रहेका नेपाली हरुको समस्या समाधानको लागि दिन प्रतिदिन जेलहरु धाउदै आएका छन् ।मलेसियामा विभिन्न कारणले कुनै नेपालीलाई दुःख नहोस यति भएको अवस्थामा जनउद्वार केन्द्र पिडित हरुको साथमा रहेको केन्द्रीय वरिष्ठ उपाध्यक्ष सेर बहादुर श्रेष्ठले बताउनुभयो ।

देश बिदेशबाट आएको सुझावलाई मन्न गर्दै जनउद्वार केन्द्रले आफ्नो आधिकारिक वेबसाइट पनि सार्वजनिक गरेको छ ‌। समाजको सम्पुर्ण गतिबिधि हरु उक्त बेवसाइट मार्फत जानकारी लिन सकिने साथै सजिलो तरिकाले समाजको सदस्यता लिन सक्ने छ ।त्यस्तै सहयोग गर्न चाहने मनकारी हरुले रकम पनि सोहि बेवसाइट मार्फत सहयोग गर्न मिल्ने केन्द्रित कोषाध्यक्ष देबेन्द्र गिरिले बताउनु भयो ।