नेपाली अर्थोडक्स चियालाई ट्रेडमार्क

काठमाडौं । सरकारले नेपाली अर्थोडक्स चियालाई ट्रेडमार्क प्रदान गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले इलाममा मंगलबार आयोजित एक कार्याक्रमबीच नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिकरूपमा सुभारम्भ गर्नुभएको हो । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ । ट्रेडमार्क प्रयोगका लागि ४२ वटा चिया उद्योगले निवेदन पेश गरेका थिए । यो सँगै विगत एक दशकभन्दा लामो समयदेखि छलफलमा रहेको नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएको छ 

टे«डमार्क प्राप्त गर्ने उद्योगमा इलामको सन्दक्फु टी प्रोसेसर्स प्रालि, हिमालयन सांग्रिला टी प्रोडुसर्स प्रालि, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, जस्विरे टी प्रशोधन उद्योग रहेका छन् । त्यस्तै संखुवासभाको सगरमाथा टी स्टेट प्रालि, बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग तेह्रथुम र सिंहदेवी चिया उत्पादक सहकारी संस्था तेह्रथुम रहेका छन् । त्यस्तै इमालको गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रीन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इण्डष्टीज र तारागाउँ टी स्टेट, साखेजङ हिल रेन्ज चिया प्रशोधन उद्योग रहेको राष्टिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

कार्यक्रममा कृषिमन्त्री भुसालले नेपाल चियाखेती सुरु भएको १५७ वर्षपछि नेपाली चियाले टे«डमार्क प्राप्त गरेको बताउनुयभो । १९२० सालमा इलामका तत्कालीन बडाहाकिम तथा जंगबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चिया रोपण सुरु गर्नुभएको उल्लेख गर्दैै नेपाल चियामा आत्मनिर्भर रहेको बताउनुभयो । देशको व्यापारघाटा ११ खर्ब पुगेको सन्दर्भमा भारतलगायत तेस्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्रमा नेपाली चियाले योगदान पु¥याइरहेको उहाँको भनाइ छ । 

भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्दा बेला बेलामा भन्सारमा व्यहोर्नुपर्ने समस्या, चियाको हरियोपत्तीको न्युनतम् मूल्य विवाद, श्रमिकका समस्या र पछिल्लो समय कोरोना समस्याले नेपाली चिया उद्योग अप्ठयारो अवस्थाबीच गुज्रिरहेको पनि उहाँले बताउनुभयो । टे«डमार्क नेपाली चियाको बजारीकरणमा रहेको एउटा समस्यालाई समाधानको प्रयासमात्रै भएकाले उत्पादन वृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली चिया विश्वमै अब्बल गुणस्तरको छ । स्वच्छ हावापानी पाएर यस उर्बर भूमिमा उत्पादित चियाले सबै पारखीको मन जितेको छ तर यति हुँदाहुँदै आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफनै नाम पाएको थिएन । हामीलाई थाह छ, नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेस्रो देशमा लामो समयदेखि बिक्री भइरहेको थियो । यसलाई रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरूरी थियो ।’

विगत एक दशकदेखिको निरन्तर प्रयासपछि बल्ल आफ्नै पहिचान पाएको छ । त्यसो त बोर्डले नेपाल टी क्वालिटी फ्रम द हिमालयज नामक ट्रेडमार्क उद्योग विभागमा २०७२ मै दर्ता गरेको थियो । तर उक्त ट्रेडमार्क प्रयोगमा ल्याउन केही कानुनी तथा प्राविधिक कठिनायी र यसको गरिमालाई कायम गर्न चुनौतीपूर्ण रहेकोले कार्यान्वयनमा आउन सकेन । ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य शृंखलामा क्रियाशील सबैका लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो । 

मापदण्ड पूरा नभएका बाँकी चिया उद्योगको प्राविधिक क्षमता विकासका लागि बोर्ड र मन्त्रालयले आगामी दिनमा काम गर्ने पनि उहाँले बताउनुभयो । उहाँले ट्रेडमार्क कार्यान्वयनसँगै यसको गरिमा कायम राख्नु सबै नेपाली चिया प्रेमीको दायित्व भन्दै यसको गरिमामा आँच आउन नदिन सबै चिया कृषक, संकलनकर्ता, उद्योग, ढुवानीकर्ता, प्याकेजर र सम्बद्ध सबैले गुणस्तरप्रति सचेत हुनुपर्ने बताउनुभयो । 

भुसालका अनुसार चिया क्षेत्रको एउटा प्रमुख समस्या समाधान भएको छ । नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनसँगै अब चियाको बजारीकरणमा त्यत्ति समस्या आउने छैन । स्वदेशी र भारतीय बजारमा त चिया बिक्री हुँदै आएकोमा अब चीन, अमेरिका र युरोपेली बजारमा पनि बिक्री गर्न आक्रामक ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी छ । विदेशस्थित सबै कूटनीतिक नियोग र महावाणिज्यदूतमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन आफू लागि पर्ने उहाँले बताउनुभएको छ ।