कुवेतमा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु।

कुवेत := वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ। विगत १ वर्ष अघि मात्र कुवेत पुगेका काभ्रेपलान्चोकका बिष्णु बहादुर तामाङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो।

तामाङ १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको त्यहाँ १२ दिन उपचारपछि कम्पनीमा फर्काइएको थियो। पुनः रोगले च्यापेपछि कुवेतको आदान अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

मृतक कुवेतको आर्मर स्टेट गार्ड नामक सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए। उनको घरमा श्रीमती र २ वर्षकी छोरी रहेको जानकारी प्राप्त भएको छ।