कोरोना संक्रमणबाट एक हप्ता भित्रमा युएईमा ५ नेपालीको मृत्यु/जम्मा २ सय।

क्वालालम्पुर ( मलेसिया ):= विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट युएईमा एक सातामा पाँचजना नेपालीको निधन भएको छ । यो संगै गरेर विदेशका विभिन्न देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या शनिबारसम्म दुई सय पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ।

यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना संक्रमण देखिएको उल्लेख गर्दै समितिका संयोजक डा. संजीव सापकोटाले जापान, अष्ट्रेलिया, कतारलगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको बताए  ।

संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत,  दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।