आज मिति २०७७ साल भाद्र १९ गते आश्विन कृष्ण पितृपक्ष शुक्रबार द्वितीया तिथि सूर्योदय ५ः४४,सुर्यास्त १८ः१९, तृतीया श्र्राद्धम् ।
मेषः आफन्तसँगको विवादले मन खिन्न हुनेछ ।
वृषः अतिथिको सेवा गर्ने अवसर जुट्ला ।
मिथुन : धन वस्त्रालंकारको लाभ मिल्न सक्नेछ ।
कर्कट : राज्य पक्षबाट सहयोग मिल्नेछ ।
सिंहः अखाद्य भोजनले गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ ।
कन्याः व्यापार, व्यवसायबाट राम्रो आम्दानी हुन सक्नेछ ।
तुलाः शत्रुपक्ष कमजोर हुँदा मित्रजनको सहयोग मिल्नेछ ।
वृश्चिक :मानसम्मान मिल्नाले मन प्रसन्न हुनेछ ।
धनुः उदर रोगले सताउँदा धन खर्च हुन सक्नेछ ।
मकरः पारिवारिक बेमेलका कारण खिन्न महसुस हुनेछ ।
कुम्भ : अध्ययन–अध्यापनको क्षेत्रमा विशेष रुचि हुनेछ ।
मीन : साथिभाइसँग भेट हुने योग छ ।


















