९ बर्षदेखि अलपत्र इलामको करौडौं खर्चेको शीत भण्डार

इलाम । संचालक नभएका कारण करोडौ खर्चेर इलाममा ९ वर्ष अघि  बनाइएको शीत भण्डार (कोल्ड स्टोर ) अलपत्र परेको छ । इलाम सदरमुकामको इलाम नगरपालीका ९ सेरामा २०६८ सालमा निर्माण सम्पन्न भएको उक्तशीत भण्डार संचालन नहुँदा यहाँ उत्पादित नगदे बाली छिमेकी जिल्ला झापा, विराटनगर लगेर भण्डार गर्नुपर्ने समस्या रहेको छ । 

भारतीय दुताबासको सहयोगमा साढे पाँच करोड खर्च गरी २०६८ सालमा निर्माण सम्पन्न भएको शीत भण्डार ९ बर्ष बितिसक्दा पनि नियमित संचालनमा आउन सकेको छैन । २० लाख किलो क्षमता रहेको उक्त विशाल शीत भण्डारलाई पटक पटक संचालनका लागि ठेक्का आवहान गरेपनी कोही नआएकाले संचालनमा ल्याउन कठिनाइ भएको इलाम नगरपालिकाले जनाएको छ । तर अहिले कोही संचालन गर्न इच्छुक रहेको खण्डमा नगरपालिकाले एक बर्ष सम्म सौलिहत प्रधान गर्ने इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेतको भनाइ छ । बस्नेतले भन्नुभयो “कोही म चलाउछु भनेर आउनुहुन्छ भने एक बर्ष सम्म एक कर्मचारी,बिद्दुत महसुल नगरपालिकाले सहयोग गर्नेछ । ”

निर्माण डिजाइनमा त्रुटी भएका कारण मल्टी च्याम्बर नहुदा संचालन ठेक्का लाग्न नसकेन स्थानीयलहरुले बताउदै आएका भएपनी नगरपालीकाले भने त्यस्तो नभएको दाबी गर्दै आएको छ । यस अघि कोल्ड स्टोस संचालनका लागि वार्षिक तीन लाखमा पाँच वर्षका लागि काठमाडौका एक शीत भण्डार संञ्चालकलाई नै ठेक्का दिइएको भएपनी उनले संचालन गर्न नसकेपछी अहिले कोल्ड स्टोर बन्द रहेको छ ।  केही समय संचालनमा आएको बेला कोल्ड स्टोरमा किवि र सुन्तला भण्डारण गरिएको थियो । इलाममा उत्पादित नगदे बाली, अदुवा, तरकारी सवै कच्ची रुपमै निकासी गर्ने प्रबृत्ति रहेको छ । कोल्ड स्टोर संचालन भएमा कृषि उत्पादनले उचित मुल्य पाउने स्थानीयहरुको भनाई छ ।  स्थानियहरु यो शित भण्डार संचालन नहुदा इलामका किसानले धरै दुख पाउनुपरिरहेको गुनासो गर्दछन् । उनिहरुले भण्डारन गर्ने बस्तु आलु किबि सुन्तला लगायतका बस्तुहरु अहिले महङ्गो मुल्यमा अन्य जिल्लामा लगरेर भण्डारण गरिरहेका छन् ।

हाल आएर कोल्ड स्टोर संचालनमा नआउदै भत्कन सुरुभएको छ भने त्यहाँ जडान गरिएका उपकारणमा समेत खिया आएर बिग्रने अबस्थामा पुगेको देखिएको छ । कोल्डस्टोर नचलेपनि निर्माण सकिएयता नै नगरपालिकाले विद्युत उपभोग गरेवापतको रकम ,नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च व्यहोर्नु परिरहेको इलाम नगरपालिकाका सुचना अधिकारी रामकुमार शाहको भनाई छ । शाहका अनुसार हाल आएर भने विद्युतलाइन बन्द गरिएको छ । आवश्यक परेको बेला जडान गनेृ गरि बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।   कोल्ड स्टोर नहुँदा इलामका किसानले आलुको बीउ र कीवी लगायतका नगदे बाली अन्य जिल्लाका कोल्ड स्टोरमा लगेर भण्डार गर्न बाध्य भएका छन् । 

एकपल्टमा एकै खाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि कोल्ड स्टोर संचालनमा नआएको भन्दै संचालनमा ल्याउन यसलाई फरक तापक्रममा फरक खाले तरकारी र फलफुल लगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता रहेको सरोकारवालको भनाइ छ ।  पुर्व प्रधानमन्त्री एव नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसंविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गृह जिल्लामा रहेको यो सित भण्डार  नेम्वाङ्गको सकृयतामा बनाइएको शीत भण्डारमा अहिले ‘हावा भण्डारण’ गरिएको छ ।