सूर्यवंशी हलमै रिलिज हुने

मुम्बई -अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र २४ मार्चमा प्रदर्शनमा आउने भनिएको थियो । त्यसपछि अहिलेको अवस्थाका कारण ‘सूर्यवंशी’को रिलिज मिति स¥यो । कोरोनाका कारण फिल्महलहरू खुल्ने कुनै टुंगो छैन । तर, प्रोडक्शन हाउसले भने ‘सूर्यवंशी’ दीपावलीमा सिनेमाघरमै प्रदर्शनमा आउने आशा व्यक्त गरेको छ । साथै कपिल देवको नेतृत्वमा विश्वकप क्रिकेट जितेको कथामा आधारित रणवीर सिंहको फिल्म ‘८३’ क्रिसमसमा हलमै रिलिज हुने जनाइएको छ ।

रिलायन्स एन्टरटेनमेन्टको ट्विटर हृयाण्डिलमा लेखिएको छ, ‘हामी यो कुरालाई लिएर आश्वस्त छौं कि हाम्रो फिल्म ‘सूर्यवंशी’ दिवालीमा र ‘८३’ क्रिसमसमा रिलिज हुने मितिसम्म वर्तमान समयमा बन्द अवस्थामा रहेका सिनेमाघरको स्थितिमा सुधार हुनेछ ।’ शनिबारमात्रै प्रोडक्सन हाउस समूहका सिइओले आफूहरू सिनेमाघरमै फिल्म रिलिज गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

अब मिति सार्ने पक्षमा आफूहरू नरहेको उनको भनाइ थियो । दर्शकले फिल्मलाई दीपावली र क्रिसमसमा ठूलो पर्दामा देख्न पाउने उनको विश्वास छ । रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सूर्यवंशी’मा अक्षय कुमार र कटरीना कैफ मुख्य भूमिकामा छन् । अजय देवगन र रणवीर सिंह पनि सानो रोलमा हुनुुहुन्छ ।