काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहमा कार्यरत ८ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये तीनजना आवासीय चिकित्सक छन् ।
अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन । संक्रमित हुनेमा अन्यमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् ।
संक्रमितमध्ये दुईजनालाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । बाँकीलाई भने होम आइसोलेसनमा पठाइएको अस्पतालले जनाएको छ ।



















