राम्रो खाँउ राम्रो लागाँऊ अनि परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर बैदेशिक रोजगारका शिलशिलामा ७ बर्ष अघि मलेसिया पुगेका इलामका रमेश विष्ट अहिले परिवारको सम्पर्क विहिन बनेका छन् । ५ वर्ष देखी परिवारको सम्पर्क वाहिर रहेका विष्ट अझै फर्केर आउने आश उनको परिवारले मरेको छैन । मलेसियाको सेलेङ्गर स्थित एक कम्पनीमा काम गर्न पुगेका विष्टले २ वर्ष सम्म परिवारलाई फोन गरेका थिए । त्यस पछि उनी एकाएक परिवारको सम्पर्कबाट बाहिर पुगे ।
वृद्ध अवस्थामा रहेकी आमा , श्रीमती र १४ वर्षका छोराले विष्ट फर्किएर आउने आशा गरिरहेका छन् । इलाम नगरपालिका साबिक बडा नं ४ गोलाखर्क हाल ९ नबरका विष्ट कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने जानकारी परिवारमा नहुँदा थप पिडा भएको छ । वावुको निधन पछि काजकिरीया गरेर मलेसिया हिडेका विष्टले परिवारका सदस्यसंग फोन सम्पर्क नगरेको वषौं भयो । परिवार पाल्ने जिम्मबारी बहन गरेका बिष्ट एकाएक सम्पर्क बाहिर हुन पुगे । तर यतिका समय बितिसक्दा पनि विष्टकी श्रीमती सितालाई भने अझै फर्केर आउनु हुन्छ भन्ने आशा छ ।
रमेशका छोरा अहिले १४ वर्षका भए । वुवा कहिले फर्किनु हुन्छ भन्ने छोराको प्रश्नको उत्तर सितासंग अहिले पनि छैन । “बुवाका वारेमा सोधिएका प्रश्नको उत्तर दिन सक्दिन बरु आँशु आउँछ ।” सिताले भक्कानिदै हामीसँग उहाँको श्रीमान हराउँदाको पिडा सुनाउनु भयो । हुन पनि हो श्रीमान हराउँदा कस्लाइ पो दुख नहुदो होला त । दुखसुखसँगै जिवन बिताउने प्रण गरेर बिबाह गरेकी सिता अहिले श्रीमानको साथ ,मायाबाट टाडा बन्न पुग्नुभएको छ । न त उहाँलाई अहिले राम्रोसँग रातमा निन्द्रा नै लाग्छ न त दिनमा यादले खुसी नै बन्न दिन्छ । संगैका साथीहरु श्रीमान संग आफनो परिवारमा रमाएको देख्दा आफुभने कोठा थुनेर रोहेर बस्न बाध्य रहेको उहाँ बताउनु हुन्छ । यता चाडपर्वमा त छोरो फर्केला कि भन्ने आश रमेशकी आमामा अझै छ । सबैका छोराछोरी घर फर्कदा आफनो छोरा पनि फकिन्छकी भनेर हेर्ने गरेको तर यतिका बर्ष भए पनि अझै आएको छैन छोरा रमेशकी आमाले सुनाउनु भयो । मलेसियाको सेलेङ्गर राज्यको एम के प्रेक्लस्टोन कटिङ्ग कम्पनीमा काम गर्न विष्ट कारावान म्यानपावर मार्फत मलेसिया पुगेका थिए । विष्टले सोहि कम्पनीको अर्का डिएओ डाइ कास्टीङ कम्पनीमा समेत काम गरेका थिए ।
उनी सो कम्पनीमै कार्यरत छन् वा अवौधानीक रुपमा काम गर्न अरु तर्फ पुगे भन्ने जानकारी समेत उनको परिवारमा छैन् । उनको भिसा लागेको कम्पनी मलेसियाको सेलेङ्गर राज्यको जलान कासावरी स्थीत तेलोक पाङ्गलीमामा रहेको छ । सो कम्पनीमा कार्यरत नेपालीले विष्टको वारे जानकारी भए उनका परिवारमा जानकारी गराउन श्रीमती सिताले आग्रह गर्नुभएको छ । उनका परिवारले रमेशलाई परिवारको सम्पर्कमा ल्याइदिन मलेसियामा रहेका संघ सस्था संग समेत आग्रह गरेका छन् ।
तस्बिर – परिवारको सम्पर्क विहिन वनेका रमेश विष्ट (परिवारको अनुमति र अनुरोधमा तस्वीर समावेश गरिएको )




















