देशभर ८६.४४ प्रतिशत विद्युतीकरण

काठमाडौं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत््को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । 

कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, लघु जलविद्युत्् लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांकनुसार हाल ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत््को पहुँच पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘आव २०७२÷०७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएकोमा ४ वर्षभित्र २३.२८ प्रतिशतले विद्युत्को पहुँचमा वृद्धि भई ८६.४४ प्रतिशत पुगेको छ, आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत््को पहँुच पु¥याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छांै, यसका लागि बजेटको जोहो भइसकेको छ ।’ 

एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै छ । सरकारले २०७९ अर्थात सन् २०२२ भित्र प्रत्येक घरधुरीमा विद्युत्् सेवा पु¥याउने र ४ वर्षभित्रमा प्रतिव्यक्ति विद्युत्् खपतलाई ७०० युनिट पु¥याउने लक्ष्य राखेको छ । हाल प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट छ । 

कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट ३०.५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुगेको छैन । प्राधिकरणले ती जिल्लामा माइक्रो हाइड्रोमार्फत विद्युत्् आपूर्ति गरिरहेको छ । प्रदेश २ का ८ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ भने प्रदेश २ पछि बागमती प्रदेशमा सबैभन्दा बढी विद्युतीकरण भएको छ । 

बागमती प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको हो । यस प्रदेशका काठमाडौं, भक्तपुर र नुवाकोटमा पूर्ण विद्युतीकरण भएको छ भने सिन्धुलीमा सबैभन्दा कम ६९.५१ प्रतिशतमात्रै विद्युतीकरण भएको छ । गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका ११ जिल्लामध्ये स्याङजा र पर्वतमा पूर्ण विद्युतीकरण भएको छ । मनाङमा सबैभन्दा कम ६४ प्रतिशतमात्रै विद्युतीकरण भएको छ भने लमजुङ, तनहुँ, कास्की, म्याग्दी र बाग्लुङमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । 

प्रदेश ५ मा ९१ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश ५ का १२ जिल्लामध्ये नवलपरासी, कपिलवस्तु र बर्दियामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ भने गुल्मी, अर्घाखाँची र रूपन्देहीमा ९५ प्रतिशभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम ११.२५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । प्रदेश १ मा ८२.४३ प्रतिशत विद्युतीकरण भएको छ ।