NRNA मलेसियामा श्रमिकलाई “सहयाेग र उद्दार” परियोजनाको लागी अस्थायी जागिर खुल्यो।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ (एनआरएनए) मलेसियाले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि सुचारु गरिएको प्रवासि नेपाली कामदारहरूकाे निम्ति काेविड – १९ काे जवाफदेहिता “सहयाेग र उद्दार” ( covid-19 response to nepali migrant workers “Relifef and Repatriation) नामक परियोजनाका लागि कानुनी परामर्शदाता एक जना, समुह नेता एकजना, क्षेत्र अधिकारी महिला १ जना र पुरुष ३ जना गरि करारमा कर्मचारी माग गरेको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को विशेष आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वय , कार्वानयन अन्तर्गत एनआरएनए मलेसियाले पाँच महिने परियोजना सञ्चालन गर्न लागेको एनआरएनए मलेसियाका वरिष्ठ-उपाध्यक्ष सुन्दर आले मगरले बताउनुभयो।

वरिष्ठ उपाध्यक्ष सुन्दरको अनुसार उक्त परियोजना अन्तर्गतका विभिन्न पदमा मलेसियाको भिषा भएका योग्यता पुगेका जुनसुकै नेपालीले आवेदन दिन पाउनेछन् । आवेदन दिने नेपाली : आप्रवासी कामदार सम्बन्धि ज्ञाता भएको, स्थानीय भाषा जान्ने, कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान भएको, एनआरएनए सदस्य भएको, स्थानीय बैंक खाता भएको हुनुपर्ने तोकिएको छ।
त्यस्तै कानुनी परामर्शदाताका लागि सम्बन्धित विषयमा स्नातक, स्नातकोत्तर वा सो सरह हुनुपर्ने छ भने अन्य पदको लागि भने प्रविणता प्रमाणपत्र तह पास गरेको हुनुपर्ने छ।

उक्त परियोजनाको लागी कर्मचारी छनौट समितीमा एनआरएनए मलेसियाको महासचिव हेमराज सापकोटा , प्रमुख सल्लाहकार संकर बहादुर पौडेल त्यस्तै सचीव नेत्र केसि लगायतको रहेको जनाइएको छ।
सम्पर्कको लागी :
संकर बहादुर पौडेल : +६०१८२५२६७१२
हेमराज सापकोटा : +६०११२६३१३१७०
नेत्र केसि : +६०१६२९३०२७४