कोरोनाबाट थप एकजनाको मृत्यु

धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो। क्षयरोगबाट पीडित भइ ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा स्वाव परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको प्रादेशिक अस्पताल कोभिड १९ का संयोजक डा। जामुन सिंहले बताउनुभयो ।उहाँको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको छ भने शव व्यवस्थापनको तयारी भइरहेको छ ।