बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन–भारत

काठमाडौं ।  भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । 

आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले जारी गरेको विज्ञप्तिमा भनिएको– ’बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’

यस अघि जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए । जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपालमा उनको अभिव्यक्तिको विरोध भएको थियो । 

आइतबारनै परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको विषयमा बहस जरुरी नै नभएको विज्ञप्ति जारी गरिसकेको छ ।