कवि तिर्थ श्रेष्ठको कबिता संग्रह धर्सैधर्सा मदन पुरस्कारको लागि मनोनित

पाेखरा । नेपाली साहित्य जगतको प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि कवि तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह मनोनयनमा परेको छ ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ का लागि ७ कृति मनोनयनमा श्रेष्ठकाे कृति सुचिकृत भएकाे हो। गुठीले प्राप्त १५१ कृतिमध्येबाट बढीमा १० कृतिको सूची तयार गर्न गठित समितिले ७ पुस्तकको सूची उपलब्ध गराएको अध्यक्ष कुन्द दीक्षितले बताउनु भएको छ। 

गुठीद्वारा जारी वक्तव्य अनुसार तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, विमल निभाको जोकरको बन्दुक, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारस निघण्टु (खण्ड १-३), चन्द्रप्रकाश बानियाको महारानी, ललित विष्ठको मोहपथ र शारदा शर्माको यात्रामा कृति मनोनयनमा परेका छन् ।

छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ।पुरस्कार छनौटका लागि झण्डै एक महिना लाग्नसक्ने  गुठीद्वारा जानकारी भएको छ।