[ आरएन चौधरी थारु/कृष्ण गुप्ता ]
क्वालालम्पुर ( मलेसिया ):= हिन्दू धर्मावलम्बी नारीहरुले मनाउने महत्वपूर्ण पर्व ” तीज ” नजिकिदैछ्न । तीज नजिकिएसँगै तिजका गित गाउने,अभिनय गर्ने कलाकारहरुमा व्यस्तता पनि बढ्दै गएको देखिन्छ।
त्यसै होडबाजीमा लागेकी छिन चर्चित नेपाली , भोजपुरी , मैथिली गायिका सेलिना कुँवर। पछिल्लो समय एकपछि अर्को गित सार्वजनिक गरिरहेका नेपाली गायक,गायिकाहरुको लाइनमा यतिबेला तीजको रन्कोले सेलिनालाई पनि राम्रैसँग छोएको छ।
सेलिनाको स्वरमा सजिएको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गितको म्युजिक भिडियो बेस म्युजिक नेपाल ( Bass music Nepal ) नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

चर्चित मोडेल,नायिका अञ्जली अधिकारी,कमल गुरुङ,सुनिल गुरुङ लगायतकोले अभिनय गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दाबी रहेको छ।
यस् म्युजिक भिडियोको गितमा शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको र ब्यवस्थापन केशव बडुको रहेको छ । भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका हुन। साजसज्जामा अनिताले सघाएकी छिन् ।

हिन्दू धर्मावलम्बी महिलाहरूले मनाउने तीज पर्व हरेक बर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाईन्छ । तीजमा महिलाहरुले भगवान शिवको पुजा,आराधना गरिनुका साथै दर खादैँ नाचगान गर्दै रमाइलो, मनोरञ्जन गर्ने चलन पहिल्यै देखि चलिआएको छ।तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :


















