१३ औं सागमा पदक विजेता खेलाडीहरुलाई कांग्रेसले गर्यो भब्य सम्मान।

काठमाडौँ:= १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले भब्य सम्मान गरेको छ।

कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मान गरेको हो। कांग्रेसले दुई हप्ताअघि खेलकुद विभाग गठन गरेलगत्तै पत्रकार सम्मेलन गर्दै खेलाडीलाई सम्मान गर्ने बताएको थियो।

सम्मान कार्यक्रममा फुटबल लगायतका स्वर्णविजेता खेलाडीको उपस्थिति थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, कांग्रेस सह – महामन्त्री डा. प्रकाश शरण महत,नेपाली काँग्रस खेलकुद विभागका प्रमुख मोहनबहादुर वस्नेत, नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद परिषद्का पूर्व कोषध्यक्ष मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् ((राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो।