पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा को’रोना भाइरसको संक्रमण फ़ेला।

काठमाडौं:= पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा को’रोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २२४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका छन । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल सक्रिय को’रोना सं’क्रमितको संख्या ५ हजार ३ सय १६ जना रहेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल सम्म जम्मा संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना रहेको र मृत्यु हुनेको संख्या ५२ जना रहेको जनाएको छ। आज शुक्रबार अपरान्हको प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २२४ जना को’रोना सं’क्रमित थपिएको बताएका हुन् । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा को’रोना पोजेटिभ देखिएको हो।

आजसम्म उपचार सकिएर निको हुनेको जम्मा संख्या १४ हजार ३ सय ९९ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५१ जना डिस्चार्ज भएका छन्। नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो। यसै बीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ को’रोना संक्रमणमुक्त रहेका छन्।