अपहरणमा परेका भनिएका ब्यक्ति केटीसँग होटलमा

काठमाडौं । काठमाडौं वडा नम्बर ४ चुनदेवि बस्दै आएका शक्तिराज रेग्मी नयाँ बसपार्क स्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा फेला परेका छन् । उनी साउन २ गते अपहरणमा परेको हुनसक्ने निवेदन परेको थियो ।

३० बर्षीय रेग्मी असार २४ गते विहान ६ बजे घरबाट निस्की सम्पर्क विहिन भई अपहरणको नाटक गरी नयाँ बसपार्क स्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा प्रहरी फेला पारेको थियो । उनी साउन ६ गते राति पक्राउ परेका हुन् ।

पक्राउ पर्ने बित्तिक्कै मौखिक रुपमा बुझ्दा उनले बिभिन्न ब्यक्तीहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएको भन्ने बुझिन आएको तथा पैसा तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको बुझिएको छ ।

उनी अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएको बताउँदै प्रहरीले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाएको छ ।