काठमाडौं:= बनारसको भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नरहेको पुष्टि भएकाे छ । प्रहरीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा भाइरल भएकाे थियो ।
बाराणसी प्रहरीका अनुसार पीडित भनिएका ति व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ । घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको जनाइएकाे छ । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’ उनले भिडियो बनाए पावत एक हजार रुपैयाँ लिएर अभिनय पाइएको प्रहरीले बताएको छ ।




















