रामधुनी (सुनसरी):= लामो समय देखि सुनसरीको रामधुनी नगरपालिका झुम्कामा सुनचाँदीको गरगहना बेच्ने ज्वेलर्स पसल सञ्चालन गर्दै आएका एक ब्यापारीले आज विहान आत्महत्या गरेका छन ।
रामधुनी झुम्कामा ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका दिपेन्द्र श्रेष्ठ आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन । झुम्कामा धेरै चल्ने मध्येको उनले सञ्चालन गरेको ज्वेलर्स पनि एक हो ।

श्रेष्ठ के कारणले झुण्डिए भन्ने विषयमा आफुहरु अन्योलमा रहेको झुम्काका स्थानीय अगुवा तथा झुम्का उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष डिल्ली कार्कीले बताए । आजै उनी झुण्डिएर मृत अवस्थामा भेटिएको र अहिले शब पोष्टमार्टम गर्ने काम भईरहेको स्थानीय अगुवा कार्की बताउँछन।




















