मलेसियामा रहेका सुदुरपश्चिमेलीहरुले राहतकोषमा जम्मा गरे ७८,३९९ रुपैयाँ।

क्वालालम्पुर (मलेसिया):= सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा मातहतका क्षेत्रिय समितिले सयुक्त रुपमा सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अर्थात सुदुरपश्चिमेली आपतकालीन राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

विश्वका विभिन्न राष्ट्रमा गठित सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा स्वदेश तथा विदेशमा रहेका सुदुरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधान तथा नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा शिक्षा लगायत विभिन्न परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषको निम्ति रकम पठाएको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष तुलाराम धामीले बताए।

मलेसियामा गठित केन्द्रीय तथा मातहतका क्षेत्रिय समितिहरुबाट सयुक्त ७८ हजार ३ सय ९९ नेपाली रुपैंया बिभिन्न विपद् तथा परोककारी कार्यहरुका लागि सुदुर पश्चिमेली आपतकालीन राहत कोषको धनगढीमा रहेको एभरेष्ट बैंक रहेको आधिकारिक खाता मार्फत हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया जोहोरबारु क्षेत्रिय समितीका अध्यक्ष राज बहादुर साउँदले जनाकारि दिएका छन् । जसमा सुदुर पश्चिमेली नेपाली समाज केन्द्रिय समिति मलेसिया ले २३ हजार ६ सय ४ रुपैया सहयोग गरेको छ।

यस्तै सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५, सुदुर पश्चिमेली नेपाली समाज मल्लका क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५ र सुदुर पश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति मलेसिया ले १८ हजार २ सय ६५ रुपैया गरि कुल ७८ हजार ३ सय ९९ रुपैयाँ सहयोग स्वरुप पठाएको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष कैलास बहोराले बताए।

सुदुरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधान तथा नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र साथै स्वास्थ्य तथा शिक्षा लगायत विभिन्न परोपकारी कार्यका लागि समाजको स्थापना गरिएको थियो । यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समितिका सदस्य टेकबहादुर बुढा , दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडी मलेसियाका केन्द्रिय अध्यक्ष तुलाराम धामी तथा अन्य सहयोगीहरुलाइ समाजले धन्यवाद ज्ञापन समेत गरिएको छ।

साथै कसैले सहयोग गर्न चाहेमा सुदुर पश्चिमेली आपतकालीन राहत कोषको धनगढीमा रहेको एभरेष्ट बैंक रहेको आधिकारिक खाता नंबर नम्बर ०११००१०५२००७७१ मा रकम जम्मा गर्न सकिने सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका दक्षिण एसिया संयोजक एव प्रचार बिभाग प्रमुख दिनेश खड्का खप्तडीले बताए।