मलेसियाको डब्लुआरपि(WRP) कम्पनीले नेपाली लगायत कामदारको लागत खर्च फिर्ता गर्दै।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा रहेको ग्लोव,पँजा,रबर उत्पादक कम्पनी डब्लुआरपि ( WRP ) ले आफ्नो कम्पनीमा कामगर्न आएका विदेशी कामदारहरुको लागत खर्च कम्पनीलेनै फिर्ता गरिदिने भएकोछ।

फ्रि-मलेसियाटुडे नामक स्थानीय पत्रीकामा प्रकाशित समाचारका अनुसार वैदेशिक रोजगारीको क्रममा डब्लुआरपि कम्पनीमा काम गर्न आएका नेपाल , बाङ्गलादेश , इन्डोनेसिया लगायतको विदेशी मुलुकको कामदारहरुले सम्बन्धित मुलुकमा रहेको म्यानपावर एजेन्सीलाई तिरेर आएको लागत खर्चको रकम कम्पनीले कामदारहरुलाईनै फिर्ता दिइएको जनाइएको छ।

मलेसियामा काम गर्न आउने प्रायजसो विदेशी कामदारहरुले आफ्नो देशमा रहेको एजेन्सीलाई लागत खर्च बापत भारी रकम भुक्तानी गर्नेगरेको पाइएकोले डब्लुआरपि कम्पनीमा काम गर्न आएका श्रमिकलाई आर्थिक भार नपरोस् भन्ने हेतुले लागत खर्च फिर्ता नामक त्रैमासिक योजना सहितको(५ मिलियन अमेरिकी डलर ) मलेसियन रिंगेट आरएम २१.४ मिलियन रकम बराबरको कार्यक्रम ल्याइएको कम्पनी स्रोतको भनाइरहेको छ।

[ डब्लुआरपि कम्पनी रबर ,ग्लोभ उत्पादक कम्पनी हुन , यस कम्पनीले उत्पादन गरेको सामाग्री प्रायजसो अमेरिका निर्यात गर्नेगर्छ ]

लागतखर्च बापतको भुक्तानी रकम पाएका सोही कम्पनीमा कार्यरत एक नेपाली कामदारले खुशी हुँदै स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा भने ,” म नेपालमा एजेन्सीलाई १ लाख २० हजार बुझाएर यो डब्लुआरपि कम्पनीमा काम गर्न आएको हु , र अहिले म असाध्यै खुसी छु कि कम्पनीले मेरो पैसा केहि समयअगाडि आरएम ११४ रिंगेट रकम फिर्ता गरेको थियो । मलाई कम्पनीले जम्मा ४ हजार ५ सय ४७ रिंगेट फिर्ता गरिदिने भनेको उनले बताए।” ( WRP ) बाट भुक्तानी प्रत्येक तीन महिनामा गरिनेछ, र मेरो कम्पनी संगको श्रम सम्झौता अप्रिल २०२१ मा म्याद सकिदैछ, WRP ले हामीलाई भने कि ” कामदारहरु स्वदेश फर्कनु अगाडि भुक्तानी गर्न बाकी ब्यालेन्स रकम ३० महिना भित्रमा चुक्ता गरिदिनेछु ” उनले थपे। उ जस्तै अर्को कामदारले गत हप्ताको ( WRP ) बाट प्रारम्भिक भुक्तान प्राप्त गरिरहेको ति नेपालीले खुलाए , उनले भने कि अन्य नेपाली कामदारहरुले पनि आरएम ४ हजार ५ सय ४७ भन्दाबढी रकम फिर्ता पाउने भएका छ्न।

गएको बर्ष सन् २०१९ मा डब्लुआरपि कम्पनीले कामदारको पारिश्रमिक,तलब बिना कारण जथाभावी कटौती गरेको , ओभर टाइम ड्युटी गर्न लगाइ पूरा तलब भुक्तानी नगरेको , कामदार लाई अनावश्यक दु:ख दिइएको लगायतको विभिन्न मुद्दालाई लिएर कम्पनीमा कार्यरत २ हजार बढि नेपाली लगायत अन्य अन्तर्राष्ट्रिय देशको कामदारहरुले आफ्ना विभिन्न जायज माग राखि आमहडतालमा उत्रिएका थिए। र कम्पनीको यस अनुचित कदमको विरुद्ध अमेरिका लगायतको विश्व बजारमा सर्वत्र आलोचना समेत भएको थियो।

लगतै कम्पनीका प्रमुख मालिकले आमहडतालमा उत्रेका कामदारहरुसंग वार्ता गरि अब आउने दिनमा कुनै किसिमको दु:ख नदिने आश्वासन दिएका थिए र पारिश्रमिक पनि समय समयमै दिने वाचा गरेका थिए। सोहिअनुरुप अहिले डब्लुआरपि कम्पनीले ब्यवस्थापन कर्मचारीहरु हेरफेर गरेर कामदार लाभान्वित हुने किसिमको लागत खर्च फिर्ता लगायतको राम्रो योजना लिएर आएको छ।