फाल्गुनन्द एकता समाज मलेसियाद्वारा पीडितहरुलाई रु.६ लाख बढी आर्थिक सहयोग।

दिप खादी लिम्बु ,,
क्वालालम्पुर ( मलेसिया ):= फाल्गुनन्द एकता समाज मलेसियाले विभिन्न समस्याका पिडितहरु लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
साबिक आङ्सारा-२ सिस्नेरी भइ हाल फाल्गुनन्द गाउपालिका ६ स्थित स्थायी बसोबास गर्दै आईरहेकी सुमित्रा चेम्जोङ लाई मृगौला प्रत्यारोपणको लागी रु.४ लाख बढी आर्थिक सहयोग गरेको हो।

विशेषगरि फाल्गुनन्द गाउँपालिका भित्र स्थायी बसोबास गर्ने जो कोहिको आर्थिक अवस्था कम्जोर भइ विभिन्न समस्या झेलिरहेका लाई सहयोग गर्ने उदेश्यले मलेसियामा स्थपना गरिएको हो।स्थपना काल देखिनै फाल्गुनन्द गाउँपालिका बासिन्दाहरु लाई अप्ठ्यारोमा निरन्तर सकेको आर्थिक सहयोग जुटाउदै आईरहेको छ।

यस संस्थाले स्वदेश विदेश जहि भएपनी फाल्गुनन्द गाउँपालिका भित्र बसोबास गर्ने सबै समुदायहरु बिच सामाजिक एकता,आपसी सत्भाव,पारस्परिक दिगो सम्बन्ध कायम राख्न आर्थिक सहयोग प्रदान गर्दै आइरहेको श्रोतले जानकारी गराए।
भने साबिककै अर्का रुख काट्ने क्रममा घाईते हुन पुगेका पबिन आङ्देम्बेलाई पनि रु.९९,३७९ र हालै मेरुदण्डको समस्या भोगिरहेकि मेरुदन्ड पिडित वर्षा चेम्जोङ् लाई रु.६५,२६० संस्थागत आर्थिक सहयोग गरिसकेको छ।

सहयोग गरिएको सबै रकमहरु समाजले संचालन गरेको आर्थिक सङ्कलन अभियान मार्फत सस्थाका पदाधिकारीहरुको सकृयतामा जम्मा गरिएको उक्त सस्थाका संरक्षक कृष्ण आङ्देम्बे ले जानकारी दिनुभयो।