आरएन चौधरी थारु ,,
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाबाट आज शुक्रबार , जुन,२६ तारिखको दिन हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमा नेपालीहरु स्वदेश फर्किदैंछ्न।
कोरोना माहामारीको कारण भिसा सकिएर , श्रम स्वीकृति,कम्पनीसंगको श्रम सम्झौता सकिएर , कम्पनी बन्द भएर बिगत ३,४ महिनादेखि समस्यामा रहेका मलेसिया स्थित नेपाली दूतावासको प्राथमिकतामा परेका नेपालीहरु आज बिहान मलेसिया समयअनुसार १०:०० बजेको हिमालयन एयरलाइन्सको फ्लाइट (H8902) नम्बरको चार्टर्ड विमानमा स्वदेश फर्किन लागेको मलेसिया स्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएबाट मलाया खबर सहकर्मी कृष्ण गुप्ताले बताए।


बिहान १०:०० बजेको चार्टर्ड विमानबाट १ सय ५७ जना नेपालीहरु स्वदेश फर्किन लागेको भएपनि ८ जना नेपाली यात्रुहरु विमानस्थलनै नपुगेको हिमालयन एयरलाइन्सको कन्ट्रि म्यानेजर सुनिल दाहालले बताए।
सोही विमानमा भिजिट भिसामा आएर इन्डोनेसियामा फसेका १० जना नेपालीहरु पनि आज स्वदेश फर्किन सफल भएको बताएकाछन।
स्वदेश फर्किने जम्मा यात्रु १४९ रहेको छ्, जसमध्ये एकजना मृतक नेपालीको शव पनि रहेको बताइएको छ। यात्रुहरूको सहजीकरण र सहयोगको लागि विमानस्थलमा दूतावासका द्धितिय सचिव प्रतिक कार्की लगायतको उपस्थिति रहेको सहकर्मी गुप्ताले बताए।
मलेसियाबाट आजमात्रै हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको फ्लाइट नम्बर RA 4152 नम्बरको गरि २ वटा चार्टर्ड उडान हुने तय भएको छ। नेपाल एयरलाइन्सको उडान दिउँसो ०३:२५ बजे हुने जनाइएको छ। मलेसियाबाट स्वदेश फर्कनेहरुको लागि टिकटको मुल्य आरएम १६०० तोकिएको छ । फर्किने नेपालीहरुलाई कोहि कोहिको कम्पनीलेनै टिकट खरिद गरिदिएको हुन भने कोहि कोहि आफ्नै खर्चमा स्वदेश फर्किन लागेकाहुन।























