विदेशबाट तत्काल नेपाल फर्किन लागेका श्रमिकहरुले ध्यानदिनुपर्ने महत्वपुर्ण कुराहरु।

[मलाया खबर/आरएन चौधरी थारु]

वैदेशिक रोजगारीबाट अहिलेको अवस्थामा चार्टर्ड विमान मार्फत नेपाल फर्कन लागेका नेपालीहरुले बुझ्नु पर्ने र तयारी गर्नुपर्ने निम्न कुराहरू यस प्रकार रहेको छ।

१. सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावासले जारी गरेको नामावली लिस्ट हेर्नुस र नाम परेको छ भने आफुलाई पायक पर्ने मिती हेरेर नेपाल एअरलाइन्स अथवा हिमालयन एयरलाइन्सको टिकट लिनुहोस , नाम निस्किसकेपछि कसैको फोनको प्रतीक्षा नगर्नुहोस् ।

२. सके सम्म हल्का (कम समानहरु लिएर) यात्रा गर्ने तैयारी गर्नुस, भारी भरकम समानहरु लिएर यताउता कुद्न अफ्ठ्यारो हुनसक्न्छ । मास्क, ग्लब, स्यानिटाइजर, साबुन, स्याम्पु, ब्रस, तौलिया, अत्यावश्यक औषधिहरु, केही जोर लत्ताकपडा मुख्य कुरा हुन, पुराना समान र लुगाको माया मार्नुस, ज्यान रहे पछि कमाएर नयाँ नयाँ ब्रान्डका लुगाफाटा किनेर लगाउन सक्नुहुनेछ।

३. कोरोनाको पिसिआर टेस्ट गरिसकेको मितीबाट ७ दिनभित्र तपाईं नेपाल फर्किसक्नुपर्नेछ्न। PCR टेस्टको रिपोर्ट आफ्नो साथमै बोक्नुस, यो रिपोर्ट भए तपाईं सिधै आफ्नो घरमा होम-क्वारेन्टाइनको लागि जान सक्नु हुनेछ।
(नोट : सम्बन्धित मुलुकमै पिसिआर टेस्ट गरेको सस्तो पर्छ , मलेसियामा लगभग ३५० रिंगेट पर्छ , यो नेपालको १४ दिने होटल क्वारेन्टाइनमा बस्नु भन्दा धेरै सस्तो मुल्य हो )

४. कसैको आशा, भरोसा र दयामा नरही केही दिनसम्म पुग्ने तैयारी खाने कुराहरु (टेट्रा प्याकवाला जुसहरु, बिस्कुट, तैयारी चाउचाउ, पानी आदिइत्यादि आफ्नो साथमा बोक्नुहोस् ।

५. नेपालमा स्थानान्तर हुंदा सुरक्षाकर्मीहरुको निर्देशनको पालना गर्नुहोला साथै आवश्यक परेको खण्डमा सहयोग माग्नुहोला ।

६. नेपाल फर्कन एयरपोर्ट जानुभन्दा पहिला आफ्नो साथमा सम्बन्धित मुलुकको कानुन अनुसार अध्यागमन बिभाग ( इमिग्रेसन ) ले दिइने चेक आउट मेमो , आफ्नो सक्कली ( ओरिनिजिनल ) पासपोर्ट , पिसिआर रिपोर्ट , हवाई टिकट र सम्भव भएको खण्डमा रोजगारदाता कम्पनीसंग यात्रा अनुमति खुलाइएको आधिकारिक पत्र अनिवार्य साथमा लिएर फ्लाइट तोकिएको समय भन्दा ४ घन्टा पहिल्यै एयरपोर्ट पुग्नुहोस् ।

७. एउटा् विशेष जानकारी के गराउन चाहन्छौं भने यदि सम्बन्धित मुलुकमै एकदमै कठिन स्थिती छैन र भिसाको अबधी अलिक धेरै छ भने नेपाल फर्कन हतार नगर्नुहोस् । किनभने सम्बन्धित निकायको अपरिपक्क र असक्षम व्यबस्थापनको कारण तपाई सम्बन्धित मुलुकदेखि नेपाल पुगिसकेपछि सम्म पनि विभिन्न प्रकारका झन्झट र सास्ती खेप्नु पर्ने हुन्छ। त्यसैले यदि तपाईं स्वस्थ् हुनुहुन्छ भने भिसा अवधी नसकुन्जेलसम्म सम्बन्धित मुलुकमै बस्नुस पछि आरामले स्वदेश फर्किनुस।

नोट : माथि प्रकाशित सामाग्री सम्बन्धित निकायको परामर्शमा र विदेशबाट स्वदेश फर्किसकेको नेपाली श्रमिकहरुको भनाइको आधारमा स्वदेश फर्किन तयारी गरिरहेको नेपालीहरुको सहयोगको लागि तयार गरिएको हो।