क्वालालम्पुर ( मलेसिया ):= नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बुढीनन्दा नगर कमिटीले सञ्चालन गरेको स्वयमसेवी स्वास्थ्य उपचार सेवा अभियानका लागि मलेसियाबाट आर्थिक सहयोग रकम प्रदान गरेको छ ।
कामको शिलशिलामा मलेसियामा रहेका बाजुरा लगायतको अन्य जिल्लाका १९ जना युवाहरुले अभियानको निरन्तरताका लागि सहयोग स्वरुप मलेसियाली १८ सय रिंगेट अर्थात नेपाली ५० हजार १ सय ५३ रुपैया आर्थिक रकम पठाएका हुन् ।
कोरोनाको संक्रमणले रोजगारीबाट विदा भएर बसेपनि युवाहरुले बाजुराका दुर्गम क्षेत्रका वृद्धवृद्धा गरिब विपन्नको सेवाका लागि आफूले एकछाक कटाएर आर्थिक संकलन गरेर सहयोग पठाएको अभियानका संयोजक बुढीनन्दा नगरपालिका वडा नम्बर. ८ गृह नगरबासी समेत रहेका नबिन बुढा क्षेत्रीले बताउनुभयो।
लकडाउनकै कारण उपचार सुविधा लिन नपाएका र आर्थिक अभावले रोग पाली बसेका विपन्न समुदायलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको हो । गरिब, दुखि र विपन्न लक्षित मावन सेवा सहीतको अभियान भएकोले आफ्नो छाक कटाएर आर्थिक सहयोग संकलन गरेर पठाएको बुढाले भन्नुभयो।
पहिलो चरणमा ४ हजार बढीको स्वास्थ्य उपचार तथा औषधी वितरण गरिएको छ । भने दोस्रो चरणको अभियान पनि जारी रहेको छ । स्वास्थ्य कर्मी सहीत स्वयम सेवी अभियानका साथ घरमै पुगेर उपचार सेवा प्रदान गरिएको हो । अभियानका लागि संकलन गरिएको रकम प्रेस संगठनका केन्द्रीय सदस्य एवं रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीको नाममा पठाइएको थियो ।
लगतै प्राप्त रकम कृष्ण ओलीले नगर कमिटीको स्वयम सेवी अभियान संयोजक गरिरहेका नेकपा बाजुरा कार्यालय सदस्य जनक कुमार बोहरालाई हस्त्रान्त्रण गरेका छन् । प्रवासीमा बसेर पनि नेपाल र जन्मभूमिलाई माया गर्नेहरुको सहयोगबाट अभियानको निरन्तरताका लागि थप हौसला मिलेको नेकपा नेता जनक कुमार बोहराले बताउनुभयो।
बालुवामा पसिना बगाएर कमाएको पैसा पठाएर विपन्न तथा गरिब परिवारलाई ठूलो गुन लगाउने काम गरेकोप्रति युवाहरुलाई धन्यवाद दिएका छन् । बोहराले लगत्तै दोस्रो चरणको अभियान सुरु गर्ने र दिन दुखी र विपन्न समुदायको सेवामा लागि राख्ने बचन सहीत सहयोगी मनकारी सबैलाई धन्यवाद दिएका छन् ।
रकम हस्तान्त्रण कार्यक्रममा कृष्ण ओलीसंगै नेकपाका नेताहरु अमर खड्का, काशी विक, दिलबहादुर कुँवर, युवराज शाही, तुलाराम जैशी लगायत सहभागी थिए ।

बुढीनन्दा नगर कमिटीले नगरपालिका भित्रका घर-घरमै पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा सञ्चालन गरिरहेको बताइएको छ।
अभियानमा आर्थिक रकम सहयोग गर्ने मनकारी युवाहरूको नमावली निम्न प्रकारको रहेको छ।
(१)नबिन बुढा (बुढिनन्दा नगरपालिका/वडा.८) :Rm – १५०
(२)डम्बर बोहरा(बुढिनन्दा नपा/वडा.१० )Rm-२५०
(३)टेक बोहरा(बुढिनन्दा नपा/वडा.१० )Rm-१५०
(४)पृथ्वी बोहरा (बुढिनन्दा नपा/वडा.८):Rm -१००
(५)गोबिन्द बोहरा(बुढिनन्दा नपा/वडा.१०)Rm-१००
(६)बिरेन्द्र कार्की(बुढिनन्दा नपा/वडा.१)Rm-१५०
(७)मुकुन्द बोहरा(बुढिनन्दा नपा/वडा.१०)Rm-१५०
(८)रुपक खत्री(बुढिनन्दा नपा/वडा.२)Rm-१००
(९)दान गुरुङ (बुढिनन्दा नपा/वडा.८):Rm -१५०
(१०)देबेन्द्र सिंह(बुढिनन्दा नपा/वडा.१०)Rm-१००
(११)परु चदारा(बुढिनन्दा नपा/वडा.१०)Rm-१००
(१२)खडक परियार(बुढिनन्दा नपा/वडा.५)Rm-१००
(१३)कमल देवकोटा(बुढिनन्दा नपा/वडा.६)Rm-५०
(१४)छत्र रावत (बुढिनन्दा नपा/वडा.५)Rm-५०
(१५)आरएन चौ.थारु(बारा/कोल्हबी वडा.१)Rm-५०
(१६)इर्फान खान (सर्लाही ) Rm – ४०
(१७) तिर्थ राई ( भोजपुर ) Rm – ३०
(१८) रमेश मगर ( रोल्पा ) Rm -२०
(१९) रिमिक्स लामा ( काठमाडौं ) Rm -१०
[ जम्मा आर्थिक रकम संकलन भएको आरएम १८०० रिंगेट / नेपाली रुपैयाँ ५०,१५३ ]




















