चार्टर्ड विमानमार्फत मलेसियाबाट नेपाल फर्किने टिकटको मुल्य घटेर १५ सय ९० पुग्यो।

क्वालालम्पुर ( मलेसिया ):= अन्ततः चौतर्फी दबाब पश्चात् मलेसियाबाट नेपाल फर्किने चार्टर्ड विमानको टिकटको मुल्यदर कम भएको छ।

नेपाल सरकारले वैदेशिक रोजगारीको निम्ति , खाडी मुलुक लगायत मलेसियामा कार्यरत नेपालीहरु जसको कोरोनाको कारण भिसाको म्याद सकिएर,कम्पनी बन्द भएर , श्रम सम्झौता सकिएर स्वदेश फर्किनको लागी तयारी अवस्थामा रहेका थिए । ती नेपालीकोहरुको लागी नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको विमान चार्टर्ड गरेर स्वदेश फर्काउने बहानामा टिकटको मुल्य ५ सय अमेरिकी डलरभन्दा माथि भारी रकम तोकिएको थियो ।

२ हजार २ सय २० मलेसियन रिंगेट तोकेको चार्टर्ड फ्लाइटको टिकटको मुल्य घटेर अहिले जम्मा ३ सय ७२ अमेरिकी डलर , लगभग १ हजार ५ सय ९० रिंगेट कायम गरिएको दूतावासले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। मलेसियाबाट यहीँ जुन महिनाको २६,१८,२० र २१ तारिखको दिनको टिकट खरिद गरि स्वदेश फर्किन पाउने जनाइएको छ।

त्यसैगरी कतारको दोहाब ४९० डलरबाट ३९२ डलर, युएईको दुबई ४५० डलरबाट ३६० डलर ,साउदीको दमाम ५३० बाट ४३०, साउदीको रियाद ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलर , ओमान ४६० डलरबाट ३६८ डलर, बहराइन ४९० डलरबाट ३९२ डलर , कुवेत ५१० डलरबाट ४१० डलर, जोर्डन ७७५ डलरबाट ६७५ र साइप्र ८३० डलरबाट ७३० डलर कायम गरिएको छ ।

चर्को मुल्यको विरुद्धमा मलेसियास्थित नेपाली दूतावासमा गैइ करिब २ दर्जन बढि नेपाली संघसंस्थाले टिकटको मुल्य घटाउनुपर्ने माग गर्दै राजदुत उदयराज पाण्डेलाई ध्यानाकर्षणपत्र समेत बुझाएका थिए।