वैदेशिक रोजगारीको क्रममा लकडाउन अवधीभित्र २८६ श्रमिकको मृत्यु/मलेसियामा ६० जना।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको निम्ति विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कार्यरत लाखौंलाख नेपालीहरु मध्य लकडाउन अवधीभित्र २ सय ८६ जना नेपाली श्रमिकको मृत्यु भएको छ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न विश्वभरी लकडाउन जारी गरिएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लकडाउन अवधी सम्ममा वैदेशिक रोजगारीमा रहेको अन्तर्राष्ट्रिय मुलुकहरु जस्तैः युएईमा ६३ , साउदीमा ८० , मलेसियामा ६० , कतारमा ४१ , कुवेतमा १७ , बहराइन ७ , दक्षिण कोरिया ५ , सेसेल्समा १ , टर्कीमा १ , ओमानमा १ , जोर्डनमा १ , अमेरिकामा २ , बङलादेशमा १ , थाईल्यान्डमा १ , कम्बोडियामा १ , साइप्रसमा १ , इराकमा १ , जापानमा १ , र मङ्गोलियामा १ जना गरेर जम्मा २ सय ८६ जना नेपालीको मृत्यु भएको छ।

२ सय ८६ जनामध्ये कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या युएईमा ९ जना , साउदीमा ९ जना , कतारमा ४ जना र अन्य कुनै देशमा मृत्यु भएको १ जना गरेर जम्मा २३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको बोर्डको सचिवालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
बाकी २ सय ६३ जना नेपालीको अन्य विभिन्न कारणले जस्तैः सुतेको सुत्यै भएर , ह्र्दयघात , सवारी दुर्घटना , आत्महत्या , रक्सी सेवन गरेर लडाइँ झै-झगडा लगायतको कारणले मृत्यु भएको बोर्डले जनाएका छ्न।

[ वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको मृृृतकको तथ्यांक ]

मृत्यु हुने नेपालीहरुमध्य १४ जना महिला रहेका छ्न भने २ सय ७२ जना पुरुष रहेको छ। लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान पुर्णरुपमा बन्द रहेको कारण मृतक नेपालीहरुको शव नेपाल पठाउन सकिएको छैन।
वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन नसकिने भएकोले परिवारको सहमतीमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वय,सहयोगमा मृतकहरुको अन्त्यष्टि गर्ने र मृतकको परिवारलाई सान्त्वना स्वरुप नेपाली रु.५० हजार नगद सहयोग गर्ने बोर्डले बताएका छ्न।

तथ्यांकअनुसार अहिलेसम्म मृत्यु हुने देशमै मृतकको अन्त्यष्टि गर्नको लागी ९७ जना मृतकको परिवारले सहमति जनाएको उल्लेख गरेकाछ्न। भने बाकी १ सय ८९ जनाको शव सम्बन्धित देशकै अस्पतालमा राखिएको जनाएकाछ्न।
वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक जेष्ठ ३० गते (जुन,Jun/१४ तारिख ) सम्मको मात्रै हुन। जेष्ठ ३० गतेदेखि यता पनि विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कैयौं नेपालीको मृत्यु भएकोले मृतकको संख्या थप भएको हुनसक्ने अनुमान गरिएको छ।

[ वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको सुचना

बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेका छ्। बन्दाबन्दी ( लकडाउन ) को कारण अन्तिम दाहसंस्कार गर्न नेपाल ल्याउन नसकिएका शवहरु अब चाडैं नेपाल ल्याउने प्रक्रिया अगाडि बढिरहेको हुँदा मृतकका आफन्त परिवारलाई बोर्डमा अथवा श्रम कल सेन्टरमा सम्पर्क गरेर विवरण टिपाउन , बुझाउन सचिवालयले अनुरोध गरेका हुन।