स्वदेश फर्कने तयारीमा हुनुहुन्छ?टिकट मिलाइदिन्छु भन्ने बिचौलियाहरु सित सावधान बस्नुहोस्/नत्र ठगीमा पर्नसकिन्छ।

क्वालालम्पुर ( मलेसिया ):= कतै तपाईं मलेसिया, यूएईसहित खाडीका देश लगायतका अन्तर्राष्ट्रिय मुलुकमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा भिसा सकिएर , कम्पनी संगको श्रम सम्झौता सकिएर , भिजिट भिसामा घुम्न गएर स्वदेश फर्किन नपाएर समस्यामा,अलपत्र त पर्नु भएको छैन ? चिन्ता नलिनुहोस अब नेपाल सरकारले नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेका छ्न।

के तपाईं पनि समस्यामा पर्नुभएको छ ? सरकारले स्वादेश फिर्तीका लागि तोकेको प्राथमिकतामा पर्नुहुन्छ ? यदि त्यसो हो भने यो समयमा तपाईँलाई कसैले टिकट काटिदिन्छु, प्रक्रिया मिलाईदिन्छु भन्दै फोन गरेमा कृपया सचेत हुनुहोला ।
किनभने यस्तै यस्तै बेलामा हो बिचौलियाहरु विभिन्न प्रलोभन देखाइ श्रमिकलाई ठग्ने कार्य गर्दैआईरहेको ।

तपाईँले नेपाल फर्किन सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले जारी गरेको फारम भर्नुभएको छ र प्राथमिकतामा पर्नुभएको छ भने तपाईँलाई दूतावासले उडान र टिकट लगायतका बारेमा तपाईंको सम्पर्क नम्बरमा फोन गरेर आधिकारिक जानकारी दिनेछन् , प्रतीक्षा गर्नुहोला ।

बिचौलियाहरुले गर्ने ठगीबाट जोगिन , सचेत भएर बस्न दूतावासहरुले अनुरोध गरेका छन् । तपाईँलाई कसैले त्यस्तो प्रलोभन देखाएका आफू रहेको देशमा रहेको नेपाली दूतावासमा इमेल, फोन वा अन्य माध्यममार्फत जानकारी गराउन नबिर्सनुहोला। यस्तो बेला दूतावासको आधिकारिक जानकारीलाई नै आधार मान्नुपर्छ भन्ने विभिन्न मुलुकमा रहेको नेपाली दूतावासहरुले जनाएका छ्न।