दुई नेपाली श्रमिकको मृत्यु/एक जनाको मलेसियामा र एकको ईन्डियामा।

मलाया खबर / आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= पछिल्लाे २ दिनकाे अन्तरालमा वैदेशिक रोजगारीको सिलसिलामा भारत ( ईन्डिया ) मा १ जना र मलेसियामा कार्यरत १ जना गरेर जम्मा २ जना नेपाली श्रमिकको मृत्यु भएको छ।

जाजरकोट जिल्ला नलगाड नगरपालिका निवासी पछिल्लो समय भारतमा कार्यरत सबिता सिंह र मलेसियामा कार्यरत संसारसेन पृथकको मृत्यु भएको हो । सबिता सिंहकाे भारतमा स्वास्थ्य उपचारका क्रममा साेमबार निधन भएकाे हाे भने बिरबहादुर नेपाली (संसारसेन पृथक) नाम रहेका बैदेशिक राेजगारिकाे शिलशिलामा मलेसियाकाे क्वालालामपुरमा मंगलबार बिहान सुत्यासुत्यै अवस्थामा मृत्यु भएकाे प्रत्येक्षदर्शी संगै होस्टेलमा बस्ने श्रमिकहरुले जनाएका छ्न।

बिगत ४ बर्षदेखी मलेसियामा कार्यरत संसारसेन पृथक सोमबार राती खाना खाएर सुते पश्चात् मंगलबार बिहान संगै कामगर्ने साथीहरुले उठाउन खोज्दा नउठेपछि मृत्यु भैईसकेको खुल्न आएको थियो। अहिले मृतकको शव आवश्यक पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ्न।

सबिता सिंह र संसारसेन पृथक लामो समय समाज परिवर्तनको आन्दोलनमा समाहित भएका अथक याैद्भा रहेको बताइएको छ। उनिहरु दश बर्षे जनयुद्धमा तत्कालीन माओवादीसंगै लामो समय त्याग गरेर निरन्तर सामाज परिवर्तनको पक्षमा उभिदै आएका थिए ।