बिदेशमा रहेका २०७ नेपालीको कोरोना लगायत अन्य विभिन्न कारणले मृत्यु।

मलाया खबर / आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= विश्वभरी कोरोना भाइरस ( कोभिड -19 ) को माहामारी,संक्रमणले लाखौं मानिसको मृत्यु भैइसकेको छ्न। वैदेशिक रोजगारीमा रहेका सयौं नेपाली कामदार कोरोनाबाट प्रभावित भएको छ्न।

कोरोनालाई नियन्त्रण गर्न विश्वभरी लकडाउन जारी गरिएको छ। लकडाउन अवधी सम्ममा वैदेशिक रोजगारीमा रहेको अन्तर्राष्ट्रिय मुलुकहरु युएईमा ४६ जना , साउदीमा ४९ जना , मलेसियामा ४४ जना , कतारमा ४१ जना , कुवेतमा ११ जना , बहराइन ३ जना , ससेल्समा १ जना , दक्षिण कोरिया ३ जना , टर्कीमा १ जना , ओमानमा १ जना , जोर्डनमा १ जना , अन्य मुलुकको ६ जना गरेर जम्मा २ सय ७ जना नेपालीको मृत्यु भएको छ।

२ सय ७ जनामध्ये ११ जना नेपालीको कोरोना भाइरसको कारणले मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
बाकी १ सय ९६ जना नेपालीको अन्य विभिन्न कारणले जस्तैः सुतेको सुत्यै भएर , ह्र्दयघात , सवारी दुर्घटना , आत्महत्या , रक्सी सेवन गरेर लडाइँ झै-झगडा लगायतको कारणले मृत्यु भएको बोर्डले जनाएका छ्न।

[ वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक ]

मृत्यु हुने नेपालीहरुमध्य १२ जना महिला रहेका छ्न भने १ सय ९५ जना पुरुष रहेको छ। लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान पुर्णरुपमा बन्द रहेको कारण मृतक नेपालीहरुको शव नेपाल पठाउन नसकिने बोर्डले केहिदिन अगाडिनै सुचना सार्वजनिक गरिसकेको थियो।
वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन नसकिने भएकोले परिवारको सहमतीमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वय,सहयोगमा मृतकहरुको अन्त्यष्टि गर्ने र मृतकको परिवारलाई सान्त्वना स्वरुप नेपाली रु.५० हजार नगद सहयोग गर्ने बोर्डले बताएका छ्न।

तथ्यांकअनुसार अहिलेसम्म मृत्यु हुने देशमै मृतकको अन्त्यष्टि गर्नको लागी ५८ जना मृतकको परिवारले सहमति जनाएको र कतिपयको अन्त्य्ष्टी समेत भैईसकेको जनाएका छ्न। भने बाकी १४९ जनाको शव सम्बन्धित देशकै अस्पतालमा राखिएको जनाएकाछ्न।

मृतकको शव सम्बन्धित देशमै अन्त्यष्टि गर्नको लागी बोर्डले कर गरेको हैन, अनुरोध गरेको हो: कार्यकारी निर्देशक श्रेष्ठ

बोर्डले लोभ्याउन वा मृतकका परिवारको भावनामा चोट पुर्‍याउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको भन्दा पनि विषम परिस्थितिमा सहयोग गरेवापत सान्त्वना राहात दिइने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताउनुभयो । 

यो परिस्थितिमा उतै अन्त्येष्टि गर्न दिने परिवारलाई सरकारले सान्त्वना राहत स्वरुप मात्र ५० हजार रुपैयाँ दिईरहेको उहाँको भनाइ छ । ‘हामीलाई आफन्तको शव चाहिन्छ भन्नुहुन्छ भने पनि हामी तपाईँको भावनाको कदर गर्छौं, तर अन्तर्राष्ट्रिय उडान नखुल्दासम्म कुर्नुपर्छ, धैर्य गर्नुहोस् हामी जहाज चल्नासाथ ल्याइदिन्छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘होइन तपाईँहरुको मनले मान्छ भने, परिवारमा सल्लाह गर्नुहोस्, जे नहुनु भयो, महिनौंसम्म पीडामा बस्नुभन्दा अनुमति दिनुहोस्, दूतावासको प्रतिनिधिकै उपस्थितिमा अन्त्यष्टि हुन्छ ।’

स्मरण रहोस् वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक जेठ ९ गते ( May / 22 तारिख ) सम्मको मात्रै हुन । जेठ ९ गतेदेखि यता पनि विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कैयौं नेपालीको मृत्यु भएकोले मृतकको संख्या थप भएको देखिन्छ।