मलेसियामा घरफिर्ती केन्द्रमा रहेका २२७ बिदेशीमध्य ३ जना नेपालीमा कोरोना संक्रमण।

मलाया खबर / आरएन चौधरी थारु ,,

गैरकानुनी हैसियतमा रहेका श्रमिकहरुलाई कोरोना भाइरस ( कोभिड 19 ) परीक्षणनै नगरी जथाभावी धरपकड गर्दा संक्रमण बढेको स्थानीय अधिकारबादी संघसंस्थाहरूले बताएका छन् ।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको घर फिर्ती केन्द्र ( Detention camp ) मा रहेका २ सय २७ जना अबैधानिक बिदेशी श्रमिकहरुमा कोरोना भाइरस ( कोभिड – 19 ) को संक्रमण फ़ेला परेको छ।

मलेसिया अध्यागमन विभाग ( imigresen department ) का महानिर्देशक दातोक खैरुल दाजामे दाउदले मेय २५ तारिख सोमबारको दिन स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बोल्दै भने ” अबैधानिक हैसियतमा मलेसियामा बसोबास गर्ने र काम गर्दै आईरहेका बाहिरी मुलुकका हजारौं-हजार श्रमिकहरुलाई सेमेन्हि , बुकित जलिल र सेपाङमा अवस्थित कारागार र घरफिर्ती केन्द्रमा राखेकोहरुमा कोरोना परिक्षण गर्दा २ सय २७ जनामा कोरोना भाइरसको पोजेटिभ संक्रमण देखिएको बताए । अन्य कैदीबन्दीको र कारागारमा कार्यरत रहेका पुलिस,प्रसाशनको पनि कोरोना परिक्षण भैईरहेको बताए।

[ फोटो साभार :बेरनामाबाट साभार गरिएको तस्बिरमा अध्यागमन बिभागका महानिर्देशक दातोक खैरुल दाजामे दाउद ]

महानिर्देशक खैरुलले बताए अनुसार कोरोना संक्रमण देखिएको मध्य बङ्लादेशी ५३ , ईन्डिया ४१ , इन्डोनेसिया ३८ , म्यानमार ३७ , पाकिस्तान २८ , चाईना १७ , कम्बोडिया ४ , नेपाल् ३ , श्रीलङ्का २ , फिलिपिनो १ , लिबिया १ , इजिप्ट १ र सिरिया देशको १ जना गरेर जम्मा २ सय २७ जना घरफिर्ती केन्द्रमा रहेका बिदेशीहरुमा संक्रमण फेला परेका हुन। यो संगै मलेसियामा कोरोना संक्रमित नेपाली श्रमिकको संख्या ६६ जना पुगेको छ। जसमध्ये १३ जना भन्दा बढी नेपाली उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैईसकेको सम्बन्धित निकायले जनाएका छ्न।

कोरोनाको माहामारीको बिचमा पनि बिदेशी कामदारको स्वास्थ्यलाई बेवास्ता गर्दै मलेसिया सरकारले दिएको निर्देशन अनुसार अध्यागमन बिभागले केहि समययता कडाइका साथ अबैधानिक हैसियतमा बसिरहेको बिदेशी कामदारहरु बस्ने होस्टेल , काम गर्ने कम्पनी तिर छापामारी गरेर धरपकड गर्दै जेल चलान गरिरहेको थियो।

सरकारको यस् कदमको बिरोध गर्दै स्थानीय एनजिओहरु पेनाकानिता , मलेसियन ट्रेड युनियन , एनएसआई , आन पो लगायतको संघसंस्थाहरुले तुरुन्तै बैधानिक कागजात नरहेको बिदेशी श्रमिक माथी गरिरहेको धरपकड र जेल चलान गरिरहेको कार्यलाई माहामारी नसक्नुजेलसम्मको लागी रोक्न र मानवअधिकार उलंघन नगर्न सरकार र अध्यागमन बिभागलाई पत्रचार गर्ने देखी लिएर प्रेस बिज्ञप्ति समेत जारी गरिरहेको थियो।