नेपालीहरु समस्या लिएर आएमा समाधान NRNA मलेसियाले गर्छ:अध्यक्ष हरि भट्टराई।

तिलोचन गौतम,,

क्वालालम्पुर (मलेसियामा):= कोभिड-19, कोरोना भाइरसले एतिबेला विश्वभर माहामारीको रुप लिएर तिब्र गतिमा फैलिइरहेको बेला विभिन्न मुलुकहरु र त्यहाँका सरकारले भाइरस बाट सुरक्षित रहन तथा रोकथाम गर्नका लागि निश्चित समायाबधीको लागि देशलाई बन्द,लकडाउन गरेका छ्न।

मलेसियामा पनि मलेसिया सरकारले गत मार्च १८ देखि आवागमन नियन्त्रण आदेश जारी गरेको छ । बन्दले प्रत्यक्ष अप्रत्यक्ष सबै क्षेत्रमा मा प्रभाव परेको छ । मलेसियाका सयौ कम्पनीहरुमा बैधानिक तथा अबैधानिक तरिकाले दैनिक ज्यालादारी गर्ने आम श्रमिक दाजुभाइ लाई परेका समस्या लाई NRNA मलेसियाले सम्बोधन गर्ने भएको छ ।

खाद्यान्न अभाव झेलिरहेका तथा बिरामी भएका असक्त अपाङ्ग भएका र कम्पनिले हेरचाह नगरेका नेपाली श्रमिकहरु लाई समस्या परे NRNA मलेसिया लाई तुरुन्तै खबर गर्न अनुरोध गर्दै आफुले सबैलाइ पीडित पहिचान गरि सहयोग गर्न निर्देशन दिसकेको जानकारी गराउदै परराष्ट मन्त्रालय संग बन्दका कारण मलेसियामा अलपत्र परेका , भिसा सकिएर स्वदेश फर्किन नपाएका कामदार लाई चाडो भन्दा चाडो स्वदेश फर्काउन आफुले ब्याक्तीगत तथा NRNA मलेसियाको तर्फबाट पहल गरिरहेको अध्यक्ष हरि भट्टराईले बताए ।

मलेसियाका विभिन्न स्थानहरुमा अहिलेसम्म १०० जना भन्दा बढि कामदार लाई खाद्यान्न सहयोग गरिसकेको र केही बिरामी कामदार हरुलाइ समेत उपचारमा सहयोग पुर्याउदै आइरहेको समेत अध्यक्ष भट्टराईले जानकारी दिए।

पछिल्लो समयमा मलेसियामा नेपाली हरुमा निकै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमीत भेटिन थालेकोले सबैजना एतिबेला सम्यमित भएर सुरक्षा अपनाएर बस्न र तेस्ता केही समस्या भए गैरआवासिय नेपाली संघ मलेसिया सङ सेयर गर्न अनुरोध समेत गरेका छ्न।