क्वालालम्पुर ( मलेसिया ):= विश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न,कम गर्नको लागी मलेसियामा अहिले मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ , आवागमन नियन्त्रण आदेश ) र नेपालमा लकडाउन लागु गरिएको छ।
मलेसियाको जालान कुचिङ भन्ने ठाउँतिर अबैधानिक रुपमा रहेका , घर फर्किने तयारी गर्दैगरेका नेपाल ठेगाना बाजुरा जिल्ला र बाकी अन्य जिल्लाको रहेका ६ जना नेपाली श्रमिकहरु अलपत्र परेर खाद्यान्न अभाव भएर भोकभोकै बस्न बाध्य भएका थिए , एमसिओले गर्दा काम पनि खोसिएको र घर जान समेत समस्या रहेको बेला आफुहरुसंग भएको अलिअलि आर्थिक समेत सकिएर बेवारिसे अवस्थामा बस्नुपरेको दुखेसो सुनाउदै मलाया खबरसंग सक्दो सहयोगको लागी याचना गरेका थिए ।
ति नेपालीहरुको चितकार सुनेर मलेसियामै जाया ग्रोसर नामक सुपमार्केटमा श्रम,काम गर्ने नेपाली श्रमिकहरु चन्द्र बहादुर महतारा , बिकास बिक , सन्तोष क्ष्रेष्ठ , खिम बिक , लोक बहादुर लगायतकोले आफ्नो ब्यक्तिगत खर्चबाट ति ६ जना नेपालीको लागी आवश्यक पर्ने खाद्यान्न किनेर नि:शुल्क उपलब्ध गराइ सहयोग गरेकाछ्न।
समयमामा परेको बेला सहयोग गर्ने सम्पुर्णप्रति ति ६ जना नेपालीहरुले धन्यवाद ज्ञापन गरेकाछ्न।


मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारण हवाई यात्रा पुर्ण रुपमा ठप्प रहेको छ। एकदेशबाट अर्को देशमा यात्रा गर्न बन्देज लगाइएकोले मलेसियामा श्रम सम्झौता सकिएर स्वदेश फर्किने तयारीमा रहेका , त्यसैगरी अबैधानिक हैसियतमा काम गर्दैआइरहेका , लामोसमयदेखी कम्पनी बन्द भएका कैयौं नेपाली श्रमिकहरु अलपत्र परेका छ्न।
मलेसिया लगायत अन्य अन्तर्राष्ट्रिय खाडी मुलुकमा कार्यरत रहेका यस् बिपत्तको घडीमा अलपत्र नेपाली श्रमिकहरुको उद्दारबारे नेपाल सरकार र सम्बन्धित निकायले विशेष कदम चाल्न सकेको छैन।




















