क्वालालम्पुर ( मलेसिया ),
मलेसियामा कोरोना भाइरसलाई नियन्त्रण गर्ने भनेर आवागमन नियन्त्रण आदेश (MCO) जारि गरिएको छ। यस अवधीभरि मलेसियामा रहेका नेपाल पैसा पठाउन मिल्ने रेमिटेन्स कम्पनीका शाखाहरु पुर्णरुपमा बन्द रहेका छन् भने धेरैले अनलाईन (बिधुतीय) मध्यमबाट सेवा प्रधान गरिएका छन् ।
नेपालमा झापा जिल्ला ठेगाना बताइएको बिरेन्द्र ओली नाम गरेका व्यक्तिले आफुले विभिन्न रेमिटेन्स कम्पनीहरुमा काम गर्छु , नेपाल पैसा पठाइदिन्छु भन्ने कुरा बताएर आफ्नो ब्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाई मलेसियामा कार्यरत नेपाली श्रमिकहरुबाट लगभग ३० हजार भन्दा बढि रिंगेट बराबरको रकम ठगी गरिएको जानकारी प्राप्त भएको छ।
जानकारी अनुसार जोहोरबारुमा बस्ने विभिन्न श्रमिकहरुबाट लगभग २२ हजारको बराबर र सुबाङजायाबाट ३ हजार ४ सय ६० रिंगेट , पेनाङबाट ४ हजार ५ सय रिंगेट , क्वालालम्पुरबाट ९ हजार २ सय २२ मलेसियन रिंगेट उठाएर ठगि गरि सम्पर्क बिहिन भएको जनाइएको छ।
ओलीले समाजिक संजाल फेसबुक मार्फत मलेसियाबाट नेपाल पैसा पठाउन इच्छुक भएका श्रमिकहरुसित जोडिएर एमसिओ र नेपालमा लकडाउनको मौकाको सदुपयोग गरि आफू मलेसियामा रहेको विभिन्न रेमिटेन्स कम्पनीको प्रतिनिधि हु भन्ने कुरा बताई आफ्नो ब्यक्तिगत खातामा पैसा हाल्न लगाइ अनलाईन मार्फत नेपालमा सम्बन्धित परिवारको सदस्यलाई भुक्तानी गरिदिन्छु भनि ठगी गरिगरेको ओलीले ठगेकै एक नेपाली श्रमिकले मलाया खबरलाई जानकारी गराउनुभयो।

पिडित नेपाली श्रमिकले गरेको पुलिस रिपोर्ट । 
साथै ठगिएका नेपालीले मलेसियाको स्थानीय प्रहरीचौकीमा पुलिस रिपोर्ट गरिसकेको र नेपाली दुतावासमा समेत जानकारी गराईसकेको बताए ।
अहिले श्रमिकहरुको आर्थिक रकम ठगी गर्ने बिरेन्द्र ओलीको खोजीकार्य तीब्र रुपमा भैईरहेको जनाइएको छ।




















