ब्यवसायी तुलबहादुरले खाद्यान्न अभाव झेलिरहेको नेपालीलाई गरे खाद्यान्न सहयोग।

[ तिलोचन गौतम ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले COVID-19 (कोरोना भाइरस) संक्रमणको सम्भावित जोखिमबाट बच्न,नियन्त्रण गर्नकालागि आगामी महिना मेय १२ तारिखसम्मको लागी Movement Control Order (आवागमन नियन्त्रण आदेश , एमसिओ) का कारण कम्पनीमा कार्यरत स्वदेश फिर्कन लागेका १ जना नेपाली हवाई टिकट रद्ध भैइ भिसा समेत सकिएर बसिरहेका नेपाली लाई नेपाली ब्यवसायी तुल बहादुर गुरुङले सहयोग गरेकाछ्न।

करार अबधी सकिएर घर फर्कने तयारीमा रहेका उनि काम गर्ने कम्पनीले पनि खासै चासो नदेखाएको र साथमा भएको रकम समेत नेपाल पठाइसकेको भएकाले खाद्यान्न अभाब झेल्नुपरेको ति नेपालीले मलाया खबरलाई बताएका थिए ।
लगतै पोर्ट केलाङमै बिगत लामोसमयदेखि होटल ब्यवसाय गर्दै आईरहेका तुल बहादुर गुरुङ ति नेपाली बस्ने होस्टेलमै पुगेर खाद्यान्न सामाग्री हस्तान्तरण गरि सहयोग गरेको बताइएको छ।

कोरोनाको यस् बिपत्त घडिमा मलेसियामा कार्यरत नेपाली कामदारहरु स्वदेश फर्किन लागेका,रोजगारदाता कम्पनीसंग श्रम सम्झौता सकिएका, अबैध रुपमा काम गरिरहेका र लामो समयसम्म कम्पनी बन्द भएकाहरूले खाद्यान्न अभावको समस्या झेलिरहेका छ्न ।

खाद्यान्न अभावको समस्या समाधान गर्न मलाया खबर मिडियाद्वारा सञ्चालित यस् अभियानमा जोडिनुभएका मलेसियामा बसेर ब्यापार ब्यवसाय,समाजसेवाको क्षेत्रमा सक्रिय ब्यक्ति र समाजिक संघसंस्था लगायतकोले खाद्यान्न सामाग्री किनेर समस्यामा रहेकालाई नि:शुल्क उपलब्ध गराईरहेका छ्न।