तमु समाज मलेसियाले ३ जना नेपालीश्रमिकलाई गरे नि:शुल्क खाद्यान्न सहयोग।

क्वालालम्पुर ( मलेसिया ):= मलाया खवरद्वारा कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली श्रमिकहरु खाद्यान्न अभावको कारण,आर्थिक अभावको कारण भोकभोकै नपरुन,खाद्यान्न अभावको झन्झट झेल्न नपरोस् भन्ने उदेश्यले एक नेपालीले अर्को नेपाली लाई समस्या पर्दा सहयोग गर्ने अभियान संचालन गरि खाद्यान्न अभाव भएका नेपाली हरुलाइ सेवा पुर्याउने उदेश्य लिई नि:शुल्क रुपमा खाद्यान्न उपलब्ध गराईरहेका छ्न।

नि:शुल्क खाद्यान्न उपलब्ध गराई सहयोग गर्ने क्रममै यसै अभियानमा जोडिनु भएका नेपाल तमु समाज मलेसियाले तिनजना नेपाली कामदारलाई खाद्यान्न सामाग्री सहयोग गरेका छ्न।
दुईजना आम्पाङ भन्ने ठाउँमा र एकजना साहआलम भन्ने ठाउँमा अवस्थित एक कम्पनीमा काम गर्दै आईरहेका ति नेपाली कामदारहरु कार्यरत रोजगारदाता कम्पनीसंगको श्रम सम्झौता सकिएर गएको महिना मार्च २१ तारिख घर जाने तयारीमा रहेका थिए ।
तर एमसिओको कारण भिसा सकिएर फ्लाइट क्यान्सिल भएर यतै बसिरहेको जनाइएको छ ।

तीनजना मध्य दुईजना नेपालीहरु तमु समाज मलेसियाको सदस्य पनि रहनु भएको समाजका महासचिव दिल त्हार तमुले बताउनु भयो । समस्यामा परेका ऊनीहरु बस्ने ठाउँमै पुगेर खाद्यान्न सहयोग गरेको जनाइएको छ।

नेपाल् तमु समाज मलेसियाले बिगत १७ बर्षदेखि समाजसेवाको क्षेत्रमा सक्रिय रुपमा लागि विभिन्न तवरबाट नेपालीहरुलाई सक्दो आर्थिक भौतिक सहयोग गर्दैआईरहेको छ । केहिदिन पहिला पनि खाद्यान्न अभाव झेलिरहेको नेपाली लाई खाद्यान्न सहयोग गरेको थियो। मलाया खबरले चालेको यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा कुनै नेपाली नागरिकलाई सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888/ +601111877340 / +60178062545/ +60127549850