[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ) मलेसियामा कोरोना सङ्क्रमित एकजना नेपाली श्रमिक उपचार सकिएर निको भएका छन्। मलेसिया स्थित नेपाली दूतावासले जानकारी दिएअनुसार सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको बताए।
दूतावास क्ष्रोतका अनुसार अहिलेसम्म मलेसियामा आधिकारिक पुष्टि भएको एकजना नेपालीमा मात्रै सङ्क्रमण देखिएको औपचारिक जानकारी आएको छ्न , ती नेपाली आज अस्पतालबाट डिस्चार्ज भएर सकुशल रोजगारदाता कम्पनीमा काममा फर्केको बताउनुभयो।
दूतावासले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र मोभमेन्ट कन्ट्रोल अर्डर,आवागमन नियन्त्रण आदेश ( mco ) उ’ल्लङ्घन नगर्न पनि आग्रह गरेकाछ्न ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले भिसा अवधि सकियो , टिकट क्यान्सिल भयो के गर्ने ? भन्ने गुनासा धेरै आएको सन्दर्भमा दूतावासले सबै श्रमिकलाई यो बिपत्तको बेला धैर्य गरेर बस्न अग्रह गरे ।लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले को;रोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा व्यवस्था गर्ने भन्दै नआत्तिन दूतावासले आग्रह गर्नुभएको छ।
मलेसियामा जारि एमसिओ उलंघन गरेमा १ हजार रिंगेट जरिवाना र ३ महिनासम्म कैद सजाय अथवा दुबै सजाय हुनसक्ने मलेसियन सरकारले सूचना,आदेश जारिगरिसकेको छ।
एमसिओ उलंघन गरेको आरोपमा कैयौं नेपालीहरु छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका छ्न , ति पक्राउ पर्नेहरुमध्य कतिपय छुटिसकेको छ्न भने कतिपय प्रहरीचौकिमै रहेको जनाइएको छ ।



















