अन्ततः मलेसियामा अलपत्र ४४ जना नेपाली श्रमिकले तलब पाउने।

क्वालालम्पुर ( मलेसिया ), मलेसियामा काम गरेको तलब (सेलरी) नपाएका ४४ जना नेपाली श्रमिकहरुले अन्ततः तलब पाउने भएका छन ।

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै जालान बांगी स्थित यु हुङ सोफा एसडिएन बिएचडी (Yew Hoong Sofa Product Sdn. Bhd. ) नामक कम्पनीमा कार्यरत ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे सोही कम्पनीमा कार्यरत श्रमिकहरुले मलाया खबरसंगको टेलिफोन बार्तामा बताए ।
गएको महिना मार्च २० तारिखसम्म काम गरेको तलब कम्पनीले नदिएको भन्दै श्रमिकहरुले न्याय दिलाउन माग गर्दै आफ्नो समस्या सहित मलाया खबरलाई एक भिडियो क्लिप पठाएका थिए , सो भिडियो क्लिप मलाया खबरको सम्पादक आरएन चौधरी थारुले समाचार सहित सार्वजनिक गरेको केहिसमयमै अत्याधिक भाइरल भएको थियो।

तलब नदिए पछि दैनिक खाध्यन्नमा समेत समस्या भएको गुनासो ती कामदारहरुले मिडिया सहित नेपाली दुतावास मलेसिया, सम्बन्धित मेनपावरलाई जानकारी गराएका थिए । त्यसलगतै नेपाली दुतावास मलेसियाले सम्बन्धित मेनपावर तथा कम्पनीलाई सम्पर्क गरि सम्पुर्ण श्रमिकहरुलाई बेसिक तलब उपलब्ध गराउनको लागि निर्देशन दिई सकेकाे दुतावास क्ष्ाेत्रले जनाएको छ।

सो कम्पनीको श्रमिकले बताए अनुसार ४४ जनामध्य १० जनालाई हिजो बुधबार कम्पनीको सम्बन्धित मान्छे आएर तलब दिएरको बताए , र अन्य ३४ जनालाई आज -भोलिसम्ममा र अरुको बेसिक सेलरि अप्रिल २८ तारिखसम्म उपलब्ध गराइने प्रतिबद्धता जनाइ आश्वासन दिएर गएको जानकारी गराउनुभयो।
गत जनवरी ३१ तारीख बेटा म्यानपावर रिसर्च प्रा.ली ( Beta Manpower Resource Pvt Ltd ) बाट मलेसिया आएका ती श्रमिकहरुले मार्च महिनाको बेसिक तलब पनि पाएका थिएनन् ।

काेराेना राेकथाम तथा नियन्त्रण गर्न मलेसियन सरकारले लागु गरेको मोभमेन्ट कन्ट्रोल अर्डर आवागन नियन्त्रण आदेश (एमसिओ) को कारण मलेसियामा अधिकांश कम्पनीहरु बन्द रहेपनि श्रमिकहरुलाई भने बेसिक सेलरि दिनु पर्ने मलेसियन सरकारकाे ब्यवस्था रहेको छ। तर यस ब्यवस्थालाई कतिपय कम्पनीले लगु गरेका छ्न भने कतिपय कम्पनीले कामनै नगरिकन कामदारलाई तलब नदिइने बताएको थुप्रै गुनासो मलाया खबरलाई आएका छ्न।