मलेसियामा एमसिओ उलंघन गर्नेलाई अब कडा सजाय दिइने:रक्षामन्त्री इस्माईल साबरी।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा जारी आवागमन नियन्त्रण आदेश (एमसीओ) उल्लंघन गर्नेहरूलाई अब यहाँका सरकारले कडा सजाय दिइने भएको छ ।

मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साबरी याकोबले अप्रिल १४ तारिख मंगलबारको दिन पुत्राजयमा बसेको राष्ट्रिय सुरक्षा परिषद (एमकेएन) को बैठक पछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मिसंगको कुराकानीको क्रममा भने कि
” मलेसियामा तेस्रो चरणको एमसिओ भोलि बुधबार १५ तारिखदेखि सुचारु हुँदैछ्न , अब यौगिक सुचना जारी गर्नुको सट्टा सिधै गिरफ्तार गरिनेछ। मलेसियन लगायत अन्य देशका थुप्रै कामदारहरुले अझैपनि एमसिओ उलंघन गरिरहेको पाईएको छ । तिनिहरुले एमसिओको पालना गरिरहेको छैन त्यसैले मलाई लाग्छ अब यसलाई पुर्ण रुपमा कार्वानयन गराउन पुलिस कडा रुपमा उत्रिन सक्छ्न “भन्ने कुरा बताइएको मलेसियन सञ्चारमाध्यम द-स्टारले समाचारमा उल्लेख गरेका छ्न।

रक्षामन्त्री इस्माईलले थप्दै भने “हामीले देख्यौं कि केहि मानिसहरु अहिलेको नियमहरुका लागी डराइरहेको छैन , “हुनसक्छ आरएम (RM) १ हजार सम्भावित एमसिओ उल्लंघनकर्ताहरूलाई डराउन पर्याप्त छैन। ” त्यसैले बुधबारदेखि पुलिसले एमसिओ उल्लंघन गर्नेहरुलाई पक्राउ गरी संक्रामक रोगहरूको रोकथाम र नियन्त्रण ऐन १९८८ अन्तर्गत दोषी ठहरिएका अपराधीहरुलाई चार्जिंङ नोटिस जारी गर्नुको सट्टा अदालतमा उपस्थित गराई सजाय तोकिनेछ र जेल चलान गरिनेछ ।

मलेसियामा एमसिओ उलंघन गरेको आरोपमा स्थानीय मलेसियन नागरिक संगसंगै रोजगारीको लागी यहाँ कार्यरत रहेका म्यानमार,इन्डोनेसिया,फिलिपिन्स,भियतनाम,चाइना,ईन्डिया लगायतको नागरिक सयौंको सङ्ख्यामा पक्राउ पर्नुको साथै नेपालीहरु पनि २० जना भन्दा बढी कामदारहरु पक्राउ परेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छ्न ।