मलेसियामा विभिन्न कारणले मृत्यु भएका १५ जना नेपाली श्रमिकको मृत शव लकडाउनले अलपत्र।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना महामारीका कारण नेपाल सरकारले लकडाउन जारिगरेपछि मलेसियामा १५ जना र अन्य खाडी मुलुकहरुमा गरेर जम्मा ६९ जना नेपाली श्रमिकका मृत शवहरु बिदेशमै अलपत्र परेका छन्।

बैदेशिक रोजगार प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक राजन क्ष्रेष्ठले मलाया खबरसंगको टेलिफोनवार्ताको क्रममा बताए अनुसार दैनिकजसो कफिन,बाकसमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरेका लाशहरु लकडाउन लागू भएपछि ल्याउन सकिएको छैन । अरु देशभन्दा बढि विशेषगरि मलेसियाबाट दिनहुँजसो एक अथवा दुईजनाको संख्यामा मृतकको शव हामिले विमानस्थलमा बुझ्नेगरेका थियौं । तर यतिबेला हृदयघात ( heart attack ) , सवारी दुर्घटना , झै-झगडाले हुने दुर्घटना , कम्पनी कार्य क्षेत्रमा हुने दुर्घटनाजस्ता अन्य विभिन्न कारणले मृत्यवरण गरेका ६९ जना नेपालीका लाशहरु यतिबेला सम्बन्धित देशको अस्पतालमा अलपत्र अवस्थामा रहेको जनाइएको छ।

जानकारीअनुसार, नेपाल सरकारले ती लाशहरु सम्बन्धित देशहरुमा नै जलाउनका लागि ती देशका राजदूतावासमार्फत सम्बन्धित देशहरुलाई आग्रह गरेको पनि थियो । तर, ती देशहरुले लाश जलाउनका लागि मृतकका परिवारको स्वीकृती माग गरेका थिए । नेपाल सरकारले बैदेशिक रोजगार प्रवर्धन केन्द्रमार्फत मृतकका परिवारहरुसंग यसबारे कुरा गरेको पनि थियो । तर, अधिकांश मृतकका परिवारले आफ्नो मान्छेको अन्तिमपटक भए पनि अनुहार हेर्न पाउनु पर्ने र आफ्नो धर्म संस्कृतिअनुसार, अन्तिम संसार गर्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकार अप्ठेरोमा परेको छ ।

केहि दिनअगाडि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार नेपाल सरकारको अग्रहमा दुई नेपालीको शव भने विदेशमै जलाइएको छ । तीमध्ये एकजना कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी महिला थिइन्। उनको लाशको अन्त्यष्ठी गरिएको छ । त्यसैगरी दक्षिण कोरियामा अरुकेहि कारण मृत्यु भएका एकजना नेपालीको शव पनि मृतकको परिवारको सहमतिमा उतै जलाउने व्यबस्था गरिएको जनाएका छ्न। बांकी ६७ वटा शवहरु जति ढिलो भए पनि नेपाल नै ल्याउनु पर्ने परिवारजनले माग गरेका कारण अन्तिम संस्कार हुन सकेको छैन ।
कार्यकारी निर्देशक राजन श्रेष्ठले भन्नुभयो कि , “लकडाउनले गर्दा विदेशबाट नेपालीका शव ल्याउन सकस भइरहेको छ ।” मृतकको लाश लिनकै लागिमात्र अहिलेको अवस्थामा जहाज पठाउन सम्भव छैन किनकि मृतकहरु एकै देशका हैनन् सबै खाडी मुलुकहरुमा घुमाइ घुमाई जहाज लगेर ल्याउनु अत्याधिक खर्चको कुरा हो।

उनले थप्दै भने ” यो गर्नुको साटो अन्तिम संस्कारका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासले समन्वय गर्ने र सो खर्च नेपाल सरकारले व्यहोर्ने प्रस्ताव गरेको भए पनि सो सफल हुन सकेन।कोरोना महामारीका कारण नेपाल विगत ३ सातादेखि लकडाउन छ ।
सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिसकेको छ । पछिल्ला उडानहरुबाट स्वदेश फर्किएका नेपालीहरुमध्ये केहीमा कोरोना भाइरसको संक्रमण देखिएको पनि थियो । लकडाउन नगर्दा पनि नहुने र गर्दा पनि मृतकका लाश ल्याउन समेत नसकिने जटिल अवस्था आइलाग्ने कारणले सरकारलाई समेत अप्ठ्यारोमा पारेको बताए।
मलेसियामा पनि दुईजना नेपाली श्रमिकमा कोरोनाको संक्रमण देखिएको छ । ति संक्रमित नेपालीहरु अहिले स्थानीय सरकारी अस्पतालमा उपचाररत रहेको र अवस्था सामान्य बन्दै स्वास्थ्य सुधार हुँदैगैइरहेको जानकारी प्राप्त भएकाछ्न ।