[ तिलोचन गौतम ]
विश्वब्यापी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरसलाई मलेसियामा नियन्त्रण गर्न अप्रिल २८ तारिखसम्म मोभमेन्ट कन्ट्रोल अर्डर जारी गरिएको छ ।
मोभमेन्ट कन्ट्रोल अर्डर अवधीभरि एक जना भन्दा बढि मानिसको समुहमा अनावश्यक कामको लागि रुम भन्दा बाहिर निस्केर हो-हल्ला र बिना कामको यताउता घुमघाम गर्न खोजे मलेसियन प्रहरीद्वारा पक्राउ गरेर ३ महिनासम्म जेल सजाय , १ हजार रिंगेट जरिवाना अथवा दुबै सजाय दिन सक्ने नियम यहाँका सरकारले लागु गरेको छ ।
त्यस्तै मोभमेन्ट कन्ट्रोल अर्डर उलंघन गरेको आरोपमा पुनः ४ जना नेपाली पक्राउ परेका छ्न । मलेसियाको मेलाका राज्यभित्र पर्ने मजिस्थानामा रहेको मिनाएक टेक्नोलोजी कम्पनीमा कामगर्ने नेपाली कामदारहरु मिङमार डोल्मा तामाङ (महिला ), मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी लगायत ३ जना ईन्डोनेसियन महिलाहरुलाई एमसिओ उलंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेर लगेको मलाका स्थित हाम्रा मलाया खबर सहकर्मीले जानकारी गराउनुभयो ।

होस्टेल परिसर भित्रैको ग्राउन्डमा बल खेलीराखेको बेला राउण्डिङमा खटिएका प्रहरीहरुले बाहिर यसरी ७,८ जनाको समुहमा बस्न र खेलकुद खेल्न मनाही गरेर रुम भित्र जान आदेश ( warning ) दिइएर सो एरियाबाट अर्को एरियामा राउण्डिङ गर्न गएका थिए , पछि पुनः ति प्रहरीहरु त्यहीँ ठाउँमा आएपछि तिनीहरु त्यस्तै समुह बनाएर ग्यादरिङ्गमा बल खेल्दै कुराकानी गरिरहेको देखेपछि एमसिओलाई अटेरी गर्दै उलंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेर लगेको हाम्रा सहकर्मीले बताए ।
केही दिन अगाडि पनि मलाकामै ४ जना नेपाली अमसिओ उलंघन गरेको आरोपमा पक्राउ परेका थिए ।




















