नेपालमा कोरोना संक्रमितको सङ्ख्या १२ पुग्यो,तर सार्वजनिक कसले गर्ने बारे अन्यौल।

हेटौंडामा पोजेटिभ देखिएपछि  पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको  छ।
काठमाण्डौमा पुनः परिक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले प्रदेश सरकारलाई जानकारी दिएपनि यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

संक्रमित भेटिएका तीनै जना भारतीय नागरीक रहेको जनाइएको छ । मुस्लिम धर्मगुरु तीनैजनाले आफुहरु ४ महिनाअघि नेपाल आएको बताएका छन । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले गराउने वा प्रदेश सरकारले भन्ने विषयमा टुंगो नलाग्दा अहिलेसम्म सार्वजनिक नगरिएको छैन ।

भारतबाट आएर बिरगंज छपकैयास्थित मस्जिदमा बसेका तीनजनालाई कोरोनाको आशंकामा स्थानीयले अस्पताल भर्ना गरेका थिए । उनिहरुको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार परिक्षण गर्दा पोजेटिभ देखिएपछि थप परिक्षणका लागी काठमाण्डौ पठाइएको थियो । हेटौडामा गरिएको  ३५ जनाको  परीक्षणमध्ये तीन जनाको नतिजा पोजेटिभ देखिएपछि यसको निर्कोल गर्न थप परिक्षणका लागी  नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

काठमाण्डौको केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणमा समेत उनिहरुमा संक्रमण पोजेटिभ देखिएपछि यसलाई कसले सार्वजनिक गर्ने भन्नेमा विवाद देखिएको हो । 
पछिल्लोपटक भेटिएका भारतीय तीनजनापछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या १२ पुगेको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने दुईजना काठमाण्डौ दुईजना बाग्लु्ङ र ४ जना धनगढीमा उपचाररत छन ।source : himalpost