लकडाउन लगाएको जनताको ज्यान बचाउनको लागी हो:प्रधानमन्त्री ओली।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारी विरुद्ध लड्न लकडाउन थप्नुको विकल्प नरहेको प्रष्ट पारेका छ्न ।

लकडाउन जनताकै सुरक्षाको लागी हुन , ज्यान बचे सबै चिज पूरा गर्न सकिने भन्दै आ-आफ्नो ठाउँमा सुरक्षित रहन आग्रह गरे । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् । उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौ।’

प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन। संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए ।भन्ने कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीहरु संगको कुराकानीको क्रममा बताए ।

उनले आ-आफ्नो प्रदेशका मुख्यमन्त्रीहरुले व्यापक सुरक्षा अपनाउनुपर्ने साथै सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।