मलेसिया सरकारले कोरोना भाइरसका कारण गरेको मुभमेण्ट कन्ट्रोल अडर (MCO) का कारण खाद्यान्न अभाब भएको गुनासा आएपछी मलायाखवरद्वारा बिपतमा कुनैपनी नेपालि खाद्यान्न अभाव भइ भोक भोकै नमरुन भन्ने उदेश्यले “एक नेपालीले अर्को नेपालीलाई” समस्या पर्दा सहयोग गर्ने अभियान संचालन गरि खाद्यान्न अभाव भएका नेपालीहरुलाइ सेवा पुर्याउने उदेश्य लिएको छ।
मलायाखबर द्वारा चलाइएको खाद्यान्न बितरण अभियान मार्फत खाद्यान्न अभाव झेलिरहेका ५ जना नेपाली दाजुभाइहरु लाई जनउद्वार केन्द मलेसियाले खाद्यान्न सामाग्री हस्तान्तरण गरेएको छ । मलेसियाको पेनाङ्गको रेलाउ इन्डा 86 ब्लक मा भर्खरै नेपाल बाट आएका ५ जना नेपाली लाई खाद्यान उपलब्ध गराएको हो ।उनिहरु भर्खरै नेपाल वाट आएका १० दिन मात्र कम्पनीमा काम गरेको त्यसपछि लकडाउन सुरु भएकोले आर्थिक अभाव भोग्न परेको बताएका थिए ।
भुपाल बुढाथोकीले जनउद्धार केन्द्र का अध्यक्ष केशु थापालाई यो जानकारी गराएपछी जनउद्धार केन्द्रको सचिब शंकर देब आचार्यले केहि दिनको लागि खाद्यान्न 10 किलो चामल, 2 किलो तेल, एक क्यारेट अन्डा, दुई प्याकेट नुन त दाल र तरकारीको लागि ५० रिंगेट सहयोग प्रदान गर्नुभएको छ। नेपालबाट आउन साथ कम्पनीले RM 200 प्रतिब्याक्ती दिएको तर त्यो रकम प्रयाप्त भएको र भासामा समेत समस्या भएकोले जनउद्धार केन्द्रले सहयोग गरेको केन्द्रका सचिब शंकर देब आचार्यले जानकारी दिनुभयो।
अभावले कुनैपनि नेपालिले भोकै बस्न नपरोस् भन्ने उदेश्यले मलायाखबरले चलाएको अभियानमा समेत आफ्नो क्षेत्रमा कोहि तेस्ता समस्या झेलिरहेका नेपाली नागरिक छ्न भने सहयोग गर्ने प्रतिबद्धता समेत जनउद्धार केन्द्र मलेसियाले जनाएको छ।



















